अफिन लुम्बिनीको अध्यक्षमा भीमप्रसाद तुलाचन सर्वसम्मत निर्वाचित

स्वास्थ्यसमाचार/ एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन्स अफ नेपाल (अफिन) लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनबाट भीमप्रसाद तुलाचन अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।

शनिबार दाङको भालुवाङमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। उपाध्यक्षमा रविन श्रेष्ठ, सचिवमा प्रकाश राना तथा कोषाध्यक्षमा वीरु भण्डारी निर्वाचित भएका छन्।

त्यस्तै सदस्यहरूमा सरस्वता पन्थी, डा. दीपेश कुमार गुप्ता, विदुरबहादुर जिसी र माधव भण्डारी सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत युवराज घिमिरेले जानकारी दिए।

यसअघि सम्पन्न उद्घाटन सत्रमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले स्वास्थ्य सेवा विस्तार र गुणस्तर सुधारका लागि सरकार तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका थिए।

अफिन लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष रामप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अफिनका केन्द्रीय अध्यक्ष डा. पदम खड्का, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरि रिजाल, नेपाल औषधि व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम, नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका उपाध्यक्ष जेपी कँडेल, अफिन बाँकेका संस्थापक अध्यक्ष डा. विनोद थापा तथा नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको स्वागत मन्तव्य अफिन लुम्बिनी प्रदेशका सदस्य विक्रम खड्काले गरेका थिए भने सञ्चालन महासचिव केदारनाथ नेपालले गरेका थिए।

सम्बन्धित शिर्षक :