स्वास्थ्यसमाचार/ स्वास्थ्य कार्यालय रुपन्देही र रुपन्देही कारागारको सहकार्य तथा बिराट नेपाल मेडिकल ट्रस्ट (BNMT) को आर्थिक र प्राविधिक सहयोगमा रुपन्देही कारागारमा (क्षयरोग) स्क्रिनिङ र Latent TB परीक्षण भएको छ।
माघ २५ गतेदेखि फाल्गुन १ गतेसम्म सञ्चालन गरिएको यस अभियानले बन्द वातावरणमा रहेका कैदी–बन्दीहरूमा TB पहिचान र उपचारको महत्त्वपूर्ण योगदान पुर्याएको वताईएको छ ।
कार्यक्रम अन्तर्गत ६२० जना कैदी–बन्दीहरूमा TB स्क्रिनिङ गरिएको थियो। तीमध्ये ६१८ जनाको X-ray र Latent TB परीक्षण गरिएको थियो। परीक्षणको क्रममा १४५ जना सुसुक्त (Latent) TB बिरामी पत्ता लागेर उपचारका लागि दर्ता गरिएका छन् भने २ जना सक्रिय TB बिरामी दर्ता गरी DOTS (Directly Observed Treatment, Short-course) उपचार सुरु गरिएको स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यलय रुपन्देहीका क्षयकुष्ठ अधिकृत टिकाराम अभिकारीले २ जनालाई उपचारका लागी औषधी सरु गरिएको बताउनु भयो ।
BNMT नेपालका परियोजना संयोजक गोबिन्द माझीका अनुसार, जेलजस्ता बन्द वातावरणमा TB को जोखिम सामान्य समुदायभन्दा बढी हुन्छ। विशेष गरी लक्षण नदेखिने Latent TB Infection (LTBI) लाई समयमै पहिचान नगरेसम्म यसले सक्रिय TB मा परिणत भई सार्वजनिक स्वास्थ्यमा ठूलो चुनौती सिर्जना गर्न बताउनु भयो ।
कारागारमा नियमित TB परीक्षण र Latent TB को उपचारले संक्रमणको सर्कल तोड्न, कैदी–बन्दी, कर्मचारी र समुदाय सबैलाई सुरक्षित राख्न यो स्क्रिनिङ र Latent TB परीक्षण ले सहयोग हुने बताउनु भयो ।
कारागारमा TB रोकथाम कार्यक्रम केवल कैदीहरूको स्वास्थ्यको लागि नभई, सम्पूर्ण समुदायको स्वास्थ्य सुरक्षाका लागि पनि अत्यन्त महत्वपूर्ण माझीले भन्नुभयो, हुने माझीको भनाई छ । कार्यक्रमका सहभागी स्वास्थ्यकर्मीहरूले पनि जेलमा TB रोकथाम अभियानले कैदी–बन्दीहरूको स्वास्थ्यमा सुधार ल्याउने बताए।


प्रतिकया दिनुहोस्