स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा देवी अर्यालले नगरभित्र रहेको गुट र भोला खोलको प्रदूषण नियन्त्रणका लागि ५ सय जरीबान लगाउने घोषणा गर्नु भएको छ। उपमहानगरपालिकाको ६७ औं स्थापना दिवसको पुर्वसन्धामा आयोजना गरिएको सरसफाई अभियानको क्रममा उहाँले यो जानकारी दिनुभयो।
उपप्रमुख अर्यालले बुटवलमा खोल र गुटको उचित व्यवस्थापन नगरेको खण्डमा फोहोर कम नहुने भएकाले जरीबाना रोपाइ अभियानलाई प्रभावकारी बनाउनु आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले हाल ५ सय जरीबान तोकेका छौँ। यदि कसैले यसलाई पालन नगरे वा बेवास्ता गरे, हामी जरीवाना बढाउने र कडा निगरानी गर्ने छौँ।“
नगरपालिकाले यस अभियानमार्फत नदी र खोलको संरक्षण, फोहोर व्यवस्थापन र हरियाली प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ। साथै, नागरिकलाई स्वच्छ वातावरणमा जीवनयापन गर्ने चेतना अभिवृद्धि गर्न यो कदम महत्वपूर्ण हुने उपप्रमुख अर्यालको भनाइ छ।
सरसफाई अभियानको क्रममा बुटवलका विभिन्न सार्वजनिक स्थान, सडक किनारा र खोल क्षेत्रहरू सफा गरिएको थियो। नगर कर्मचारी, स्वयंसेवक, विद्यार्थी र स्थानीय जनप्रतिनिधिहरूले अभियानमा सक्रिय सहभागिता जनाएका थिए।
उपमहानगरपालिकाले आगामी दिनहरूमा थप जरीबन रोपाइ, नियमित सरसफाई र खोल संरक्षण कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको छ। उपप्रमुख अर्यालले सबै नागरिकलाई अभियानमा सहयोग पुर्याउन र नगरभित्रको वातावरण स्वच्छ राख्न आग्रह गर्नु भएको छ ।

प्रतिकया दिनुहोस्