लुम्बिनीका स्वास्थ्य मन्त्री सारुद्वारा प्युठान अस्पतालको अनुगमन

स्वास्थ्य सेवा विस्तार र सुदृढीकरणमा मन्त्रालय सधैं तयार: मन्त्री सारुमगर

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय खेमबहादुर सारुमगरले प्युठान अस्पतालको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले सेवाग्राहीसँग प्रत्यक्ष भेटघाट गर्दै बिरामीहरूले भोगिरहेका समस्या र स्वास्थ्य सेवाको अवस्थाबारे जानकारी लिनुभएको थियो।

त्यस अवसरमा स्वास्थ्य मन्त्री सारुमगरले अस्पतालमा सञ्चालनमा रहेका विभिन्न विभागहरूको अवलोकन गर्नुका साथै चिकित्सक, नर्स तथा व्यवस्थापन समितिका पदाधिकारीहरूसँग अन्तर्क्रिया गर्नुभएको थियो। अन्तर्क्रियाका क्रममा उहाँले प्युठान अस्पतालमा स्वास्थ्य सेवा विस्तार तथा सेवा सुदृढीकरणका लागि मन्त्रालयबाट आवश्यक सहयोग र सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्वास्थ्य मन्त्री सारुमगरले अस्पतालमा निर्माणाधीन नयाँ भवनको प्रगति अवस्थाको समेत अवलोकन गर्दै भवन निर्माण कार्यलाई छिटो सम्पन्न गर्न मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने बताउनुभयो।

यस्तै स्वास्थ्य मन्त्री माननीय खेमबहादुर सारुमगरले स्वास्थ्य कार्यालय, प्युठानको स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले स्वास्थ्य कार्यालयअन्तर्गत सञ्चालनमा रहेका विभिन्न शाखा तथा कार्यक्रमहरूको प्रगति अवस्थाबारे जानकारी लिनुभएको थियो।

सो अवसरमा स्वास्थ्य मन्त्री सारुमगरले खोप कार्यक्रमसँग सम्बन्धित कोल्डचेन प्रणाली तथा भण्डारण ९स्टोर० व्यवस्थाको समेत अवलोकन गर्नुभएको थियो। साथै उहाँले स्वास्थ्य कार्यालयका सम्पूर्ण कर्मचारीहरूसँग प्रत्यक्ष छलफल गर्दै जिम्मेवारीपूर्वक, गुणस्तरीय र सेवाग्राहीमैत्री सेवा प्रदान गर्न निर्देशन दिनु भएको स्वास्थ्य कार्यलय प्युठानका प्रमुख नरेश श्रेष्ठले बताउनु भयो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :