लुम्बिनी प्रादेशिक अस्पतालमा ६४औँ राष्ट्रिय नर्सिङ दिवस मनाइयो

स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाइ समिति, बुटवलले ६४औँ राष्ट्रिय नर्सिङ दिवस विभिन्न सचेतनामूलक तथा शैक्षिक कार्यक्रमहरू आयोजना गरी मनाएको छ।

नर्सिङ दिवसको अवसरमा माघ ११ गते एकदिने निरन्तर नर्सिङ शिक्षा (Continuing Nursing Education–CNE) कार्यक्रम सम्पन्न गरिएको थियो। उक्त कार्यक्रममा पाठेघरको मुखको क्यान्सर (Cervical Cancer), तनाव व्यवस्थापन (Stress Management) तथा Continuing Professional Development (CPD) सम्बन्धी विषयमा प्रशिक्षण तथा छलफल गरिएको थियो।

 

त्यसैगरी, माघ १५ गते औपचारिक कार्यक्रम आयोजना गरी राष्ट्रिय नर्सिङ दिवसको औपचारिक समापन गरिएको हो। कार्यक्रमको अध्यक्षता नेपाल नर्सिङ संघ लुम्बिनी अस्पताल ईकाई समितकी अध्यक्ष विष्णु खनाल अध्यक्षता ,लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष अजयमन श्रेष्ठ प्रमुख आतिथ्यता तथा अस्पतालका प्रमुख डा. इन्द्र ढकाल र अस्पताल विकास समितिकी सदस्य लक्ष्मी खनाल लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिङ प्रशासक नेहा थापा प्रशासन प्रमुख प्रेम गौतमको विशिष्ट अतिथिमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा नर्सिङ प्रमुखहरूले स्वास्थ्य सेवा प्रणालीमा नर्सहरूको भूमिका महत्वपूर्ण र अपरिहार्य रहेको उल्लेख गर्दै नर्सिङ पेशाको योगदान अझ प्रभावकारी बनाउन यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो।

सचिब सिता खनालको संञ्चालन उपाध्यक्ष पुताला खनालको स्वागत तथा कमला ज्ञाबलीले नर्सिङ दिवसको महत्ववारे प्रकाश पार्नु भएको थियो ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :