रुपन्देही कुष्ठरोगीको जोखिममा,छ महिनामा ५१ जना कुष्ठरोगी भेटिए

७३औँ विश्व कुष्ठरोग दिवसमा तिलोत्तमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता

स्वास्थ्यसमाचार /७३औँ विश्व कुष्ठरोग दिवसको अवसरमा रुपन्देहीमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना, ल्याप्रोसी मिशनको सहयोग तथा तिलोत्तमा नगरपालिकाको समन्वय र व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रममा रुपन्देहीमा हालसम्म २०६ जना पुराना कुष्ठरोगी रहेको र चालु आर्थिक वर्षमा ५१ जना नयाँ बिरामी थपिएको छन। तीमध्ये तिलोत्तमा नगरपालिकामा मात्र १६ जना कुष्ठरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक उमा देवी थापाले बताउनुभयो ।

उहाले जिल्लामा कुष्ठरोगको समयमै पहिचान, निःशुल्क औषधि वितरण, नियमित फलोअप तथा समुदायस्तरको सचेतना कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको वताउनु भयो ।

यस वर्ष विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता मार्फत विद्यार्थीहरूमार्फत पनि रोग र उपचार सम्बन्धी जानकारी फैलाउने उदेश्यका साथ यो प्रतियोगीता गरिएको बताउनु भयो । उहाले स्थानीय तह, गैरसरकारी संस्था र साझेदार संस्थासँगको सहकार्यमा कुष्ठरोगप्रति रहेको भेदभाव न्यूनीकरण र सेवाको पहुँच विस्तारमा स्वास्थ्य कार्यालय निरन्तर क्रियाशील रहेको बताउनु भयो ।

थापाको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा स्वास्थ्य कार्यलय रुपन्देहकिा क्षय–कुष्ठ अधिकृत टिकाराम अधिकारी, कुष्ठरोग समयमै पहिचान र नियमित औषधि सेवनबाट पूर्ण रूपमा निको हुने रोग हो । यसबारे समाजमा अझै रहेको भ्रम हटाउन विद्यालयस्तरबाटै सचेतना आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै तिलोत्तमा नगरपालिका स्वास्थ्य संयोजक ज्ञान प्रसाद पौडेलले कुष्ठरोगीप्रति भेदभाव होइन, सहयोग र अपनत्व आवश्यक छ । नगरपालिकाले उपचार, परामर्श र पुनःस्थापनामा निरन्तर सहयोग गर्दे आएको वताउनु भयो । कार्यक्रममा तिलोत्तमा नगरपालिका स्वास्थ्य अधिकृत रामप्रसाद ढकालले यस्ता प्रतियोगिता मार्फत विद्यार्थीहरूमा स्वास्थ्य चेतना अभिवृद्धि हुनुका साथै समाजमा सकारात्मक सन्देश जाने विश्वास लिएका वताउनु भयो ।

प्रतियोगिताको संञ्चालन जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका ल्याब टेक्निसियन अधिकृत खिमलाल पाण्डेले गर्नुभएको थियो ।लुम्बिनीमा १०.८१ प्रतिशत रोग पत्ता लाग्ने दर रहेको छ ।

लुम्बिनीमा ५७९ जना नयाँ रोगी रहेका छन् भने ५३६ जना उपचारमा रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यी दुई प्रदेशमा अझै प्रति १० हजारमा एकभन्दा बढी कुष्ठरोगी छन् ।

वक्तृत्वकला प्रतियोगितामा शान्ति नमुना माध्यमिक विद्यालय प्रथम, जनभावना माध्यमिक विद्यालय दोस्रो र टिकुलीगढ माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । कुष्ठरोगप्रति समाजमा अझै रहेको भ्रम र भेदभाव अन्त्य गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने प्रमुख थापाले बताउनुभयो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :