जाडोको समयमा चिसोको कारणले मानीसहरुमा धेरै स्वास्थ्य समस्याहरु देखापर्दछन् । जाडोमा अन्य मौसममा भन्दा बालबालिका र बृद्धबृद्धाहरु र दिर्घ रोगी हरुलाई बढी मात्रमा स्वास्थ्य समस्या हुने गर्दछ । त्यासकारण अहिलेको समयलाई बढी मात्रमा साबधानी सहित ध्यान दिएर आप्mनो दैनिकी चलाउनु महत्वपुर्ण मानिन्छ ।
यस्ता छन् जाडोमा हुने स्वास्थ्य समस्या र घरेलु उपचार बिधीहरु:
श्वासप्रस्वास संम्बन्धि समस्या: चिसो बढेसंगै कतिपय मानिसहरुमा श्वासप्रस्वास संम्बन्धि रोग लाग्ने गर्दछ । यसको सबैभन्दा छिटो प्रभाब बिरामी बृद्धबृद्धा साना साना बालबालिका तथा सुत्केरी महिलामा पर्न जान्छ । श्वासप्रस्वास संम्बन्धि रोग लाग्नुको प्रमुख कारण प्रदुषण धुम्रपानसंगै चिसो मुख्य कारण हो । श्वासप्रस्वास संम्बन्धि रोगहरुमा दम ब्रोङकाईटिस र निमोनिया लगायतका समस्या हुन सक्दछ ।
घरेलु उपचार: श्वासप्रस्वास संम्बन्धि रोगहरुबाट बच्न सम्भब भएसम्म धुलो धुवाँ तथा प्रदुषणबाट टाढा बस्नु पर्दछ । बाहिर निस्कदा अनिबार्य माक्सको प्रयोग गर्नु पर्दछ । धुम्रपान चुलोको धुवाँ तथा प्रदुषणबाट अनिबार्य बच्नु पर्दछ ।
हाईपोथर्मीया संम्बन्धि समस्या: शरिरमा तापक्रमको मात्रा कमि हुनुलाई हाईपोथर्मीया भनिन्छ । यो समस्या आउँदा जिउ काम्ने दिमाग सुस्त हुने मानिसको समबेदना कम हुने गर्दछ । हाईपोथर्मीयाको मात्रा बढे मानिस बेहोस हुने र बेहोसमै अस्वभाबिक ब्याबहार देखाउने गर्दछन् । यदि हाईपोथर्मीया बढेमा मुटुको धड्र्कन नै रोकिने र बिरामीको ज्यानै जानसक्ने सम्म हुन पनि सक्दछ ।
घरेलु उपचार: हाईपोथर्मीया हुदाँ सामान्य भन्दा बढी न्यानो लुगा लगाउनु पर्दछ । सकेसम्म तत्काल न्यानो स्थानमा बस्ने र शरिरलाई तातोबनाउनु पर्दछ । समस्या बढेमा अस्पताल जानुपर्दछ ।
प्mलु संम्बन्धि समस्या: एन्प्mलुएन्जा भाईरसबाट लाग्ने सरुवा रोगलाई प्mलु भनिल्छ । बिशेषत मनसुनको कारण मौसम वा जाडो महिनाको सुरुवातमा मौसमी प्mलु हुने गर्दछ । संक्रमित ब्याक्तिले खोक्दा हाच्छ्युँ गर्दा अर्को ब्याक्तिमा प्mलुको संक्रमण सर्ने गर्दछ ।
घरेलु उपचार: प्mलुबाट बच्न सकेसम्म सार्बजनिक स्थलमा नजानुनै महत्वपुर्ण पक्ष हुन्छ । संक्रमित ब्याक्तिसंग नजिक नहुने बाहिर बाट आएपछी साबुन पानीले राम्ररी हातखुट्टा मुख धुने गर्नुपर्दछ । संक्रमित ब्याक्तिले हाछ्यँु गर्र्दा मुख छोपेर मात्र गर्नु पर्दछ । प्mलुको शंका लागेमा तत्काल स्वास्थ्य परिक्षण गराउनु पर्दछ ।
रुघाखोकी संम्बन्धि समस्या: चिसो मौसममा शरिरमा भाईरस बढी सक्रिय हुने भएकाले रुघाखोकी लाग्ने सम्भाबना बढी हुन्छ । यस्तोमा रुघाखोकी सहीत एलर्जी पनि हुन सक्दछ ।
घरेलु उपचार: रुघाखोकीबाट बच्न चिसोबाट बच्नुनै सबैभन्दा ठुलो उपाए हो । बाहीर निस्कँदा माक्स लगाएर निस्कनु पर्दछ । साधारण रुघाखोकी भएमा घरमै उपचार गर्न सकिन्छ । तर नाकबाट पहेंलो सिंगान आउने नाक बेसरी बन्दहुने घाँटीमा समस्या देखीने वा कानमा समेत समस्या भएमा निकै साबधानी अपनाउनु पर्दछ । चिसो मौसममा बालबालिका र बृद्धबृद्धा लाई बढीमात्रमा ध्यान दिनु पर्दछ ।
हिउँले खाने समस्या: जाडो मौसममा हिमाली तथा उच्च पहाडी जिल्ला हरुमा हिउँ पर्दछ । यस्तोमा त्यस भागमा रहने वा बाहिरबाट घुम्न जानेहरुलाई हिउँले खाने समस्या हुन सक्दछ । लामो समय सम्म हिउँ वा चिसो पानीको सम्पर्कमा रहे पनि यो समस्या हुन सक्दछ ।
घरेलु उपचार: हिउँले खाने समस्या बाट बच्न शरिरको कुनै पनि अंगलाई हिउँ वा चिसो पानी नछुनुनै पहिलो उपचार हो । बिशेषगरी हातखुट्टा औंलाहरु अनुहार नाक कान आदीलाई चिसोबाट बचाउनु पर्दछ । असावधानीका कारण हिउँले धेरै खाएको भए त्यास भागलाई शल्यक्रिया गरी फाल्नु पर्ने अबस्था पनि आउन सक्दछ ।
कार्बनमोनोअक्साईड संम्बन्धि समस्या: चिसो मौसममा केही मानिसहरु घरका सबै झ्यालढोका बन्दगरेर आगो ताप्ने गर्दछन् । यसरी कतैबाट हावा नर्छिने गरी कोठा बन्दगरेर आगो वा हिटर ताप्दा कोठामा कार्बनमोनोअक्साईडको मात्रा बढ्न जान्छ । यसले पोईजनकोरुपमा शरिरमा प्रवेश गर्दछ । र मानिसको मृत्यु पनि हुन सक्दछ ।
घरेलु उपचार: कार्बनमोनोअक्साईड पोईजनिङबाट बच्न कोठा भित्र आगो वा हिटर ताप्दा कोठाको कुनै एक भाग खुल्ला राख्नुपर्दछ । केहीबेर आगो वा हिटर तापेपछि कोठा बाहिर जाने र अन्य काममा सक्रिय हुनुपर्दछ ।
जोर्नीको दुखाई संम्बन्धि समस्या: चिसो मौसममा देखापर्ने मुख्य समस्या मध्ये जोर्नीको दुखाई एक समस्या हो । बिशेषत बृद्धमानिसलाई देखापर्ने यो समस्या जाडो बढे संगै शुरु हुने गर्दछ । बाहिरी तापमान घटबढ हुदाँ जोर्नीको नशा समेत खुम्चिने गर्दछन् । र रगतमा पनि तापक्रम घट्दछ । जसका कारण जोर्नी हरु कडा हुने र दुख्ने गर्दछन् ।
घरेलु उपचार: चिसो मौसममा जोर्नीको दुखाई बाट बच्न शरिरमा एक समानको तापमान बनाई राख्नु पर्दछ । कतिपय मानिसहरु शरिरको माथिल्लो भाग अर्थात जिउमा न्यानो लुगा लगाएपनि खुट्टामा भने साधारण पाईन्ट सारी वा पातलो लुगामात्र लगाउने गर्दछन् । तर शरिरको तल्लो भागमा पनि न्यानो हुने गरी टाउजर वा पर्याप्त तातो हुने कपडा लगाउने गर्नु पर्दछ ।
हृदयघात र मुटुरोग संम्बन्धि समस्या: चिसोमौसममा देखापर्न सक्ने अर्को जटिल समस्या भनेको हृदयघात र मुटु र।ेग हो । मुटुमा रक्त प्रबाह अचानक बन्द भएमा हृदयघात हुने गर्दछ । यस्तो भएमा मुटुमा असर पर्ने र असर परेको भागले काम गर्न छाड्ने सम्मको समस्या आउन सक्दछ ।
घरेलु उपचार: हृदयघात बाट बच्न चिसोबाट बच्नु पर्दछ । यसका साथै वजन कमगर्ने बढी चिल्लो बोसो वा मसलादार खाना नखाने । चिसो मौसममा शरिर कममात्रामा सक्रिय राख्ने वा नियमित केहीबेर शारिरिक ब्यायाम गर्नु पर्दछ ।
छाला सुख्खा हुने समस्या: चिसो मौसम लागेसंगै हाम्रो शरिरका छालामा सुख्खापन बढ्ने गर्दछ । किनकी चिसो मौसममा छालाका लागी अनुकुल समय होईन । बाहिरी बाताबरण शरिरको तापक्रम भन्दा कम हुदाँ शरिरको ताप बाताबरणले तान्न थाल्छ र छाला सुख्खा हुने गर्दछ ।
घरेलु उपचार: छालामा सुख्खापना आउन नदिन जाडो मौसममा पर्याप्त न्यानो लुगा लगाउनु पर्छ । शरिरलाई ढाकेर न्यानो बनाउने र तातो तथा झोलिलो खानेकुरामा ध्यान दिनु पर्दछ । क«नैपनि ज्याकेट वा उनिको स्विटर लगाँउदा शरिरमा टाँसिनेकपडा सुतिको हुनुपर्दछ । यदि छाला धेरै सुख्खा भए मोईस्चराइजर क्रिम लगाउनु पर्दछ ।
विन्टर डाईरिया संम्बन्धि समस्या: जाडो मौसममा नोरो भाईरसको सक्रिएताका कारण केही मानिसमा बान्ता हुने तथा झाडापखाला लाग्ने गर्दछ । जसलाई विन्टर डायरिया भनिन्छ । संक्रमित ब्याक्तिको संसर्गबाट सर्ने विन्टर डाईरिया संक्रमित खाना बस्तु वा सतह छुँदा पनि सहजै सर्न सक्दछ ।
घरेलु उपचार: विन्टर डाईरिया बाट बच्न खाना पकाउदाँ साबुन पानीले राम्ररी हात धुने संक्रमित ब्याक्तिको संसर्गमा नआउने एक अर्काका कपडा वा सामान प्रयोग नगर्ने । संक्रमित ब्याक्तिको बान्ता बा दिशा पिसाब पन्जा र माक्सको प्रगोग गरेर ब्याबस्थापन गर्ने । साथै चिसो बाट बच्न समग्र रुपमा आरामको साथमा ब्यायाम र खानपानमा ध्यान गर्नुहोस अबस्य स्वास्थ्यमा सकारात्मक सुधार आउदछ ।
लेखक:भोजराज पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुनुहुन्छ।

प्रतिकया दिनुहोस्