इन्द्रेणी ग्रामीण विकास केन्द्रको सामाजिक परीक्षण भैरहवामा सम्पन्न

स्वास्थ्यसमाचार/ इन्द्रेणी ग्रामीण विकास केन्द्रको सामाजिक परीक्षण कार्यक्रम भैरहवामा सम्पन्न भएको छ।संस्थाले गत एक वर्षमा गरेका गतिविधि, उपलब्धि र चुनौतीबारे सार्वजनिक रूपमा जानकारी गराइएको हो ।

इन्द्रेणी ग्रामीण विकास केन्द्रका अध्यक्ष महेन्द्र पाण्डेकोे अध्यक्षता तथा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्यमा सम्पन्न सामाजिक परीक्षण कार्यक्रममा कोटहीमाई गाउँपालिकाका अध्यक्ष बलकृष्ण त्रिपाठी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद पोखरेल, कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय मिश्र, रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेत, गैडहवा रहनु भएको थियो ।

 

त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थी तथा मर्चवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपमन्यु त्रिपाठी तथा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख उमा देवी थापाको सहभागीता रहेकोमा संस्थाले सञ्चालन गरेको परियोजनाको एक वर्षे प्रगति प्रतिवेदन जिल्ला परियोजना संयोजक किरण श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो।

 


सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा परियोजनाबाट लाभान्वित व्यक्तिहरूले आफ्नो अनुभव सुनाउँदै जीविकोपार्जनका क्षेत्रमा परियोजनाबाट प्राप्त सहयोगले जीवनयापनमा सकारात्मक परिवर्तन आएको वताए ।

कार्यक्रममा मायादेवी गाउँपालिका अन्तर्गत कमरिया स्वास्थ्य चौकीका प्रमुख प्रदीप पण्डितले परियोजनाले बर्थिङ सेन्टर र प्रयोगशालाका लागि आवश्यक सामग्री उपलब्ध गराएको तथा कुष्ठरोग खोज तथा पहिचानमा सहयोग पु¥याएको जानकारी दिनुभयो । त्यस्तै, पालिकास्तरीय संयोजकहरूले परियोजनाले स्थानीय तहसँग राम्रो समन्वय गर्दै काम गरेको वताउनु भयो ।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्वास्थ्य संयोजक धु्रव घिमिरेले परियोजनाले समन्वय र सहकार्यमा प्रभावकारी रूपमा काम गर्दै लुकेर बसेका कुष्ठरोगीहरू पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । आगामी दिनमा पनि सहयोग, समन्वय र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख उमा थापाले परियोजनाले स्वास्थ्य शाखासँग राम्रो समन्वय गरेको उल्लेख गर्दै पालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूलाई परियोजनाबारे थप जानकारी गराउन सुझाव दिनुभयो ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले परियोजनाको प्रत्येक वर्ष अनुगमन गर्दै आएको जानकारी गराउँदै उपेक्षित उष्ण प्रदेशीय रोगबाट प्रभावित व्यक्तिहरूको जीविकोपार्जनमा परियोजनाले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । साथै, यस्ता व्यक्तिहरूलाई थप सशक्त बनाउन स्थानीय तहले समेत सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

संस्थाका अध्यक्ष महेन्द्र पाण्डेले सबै सरोकारवालालाई धन्यवाद दिँदै सामाजिक परीक्षणबाट प्राप्त सुझावलाई आगामी कार्ययोजनामा समेट्दै संस्थालाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो । सामाजिक परीक्षण सहजकर्ता अमृता अनमोलले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्लाका ११ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको परियोजना संयोजक किरण श्रेष्ठले वताउनु भयो ।

 

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :