स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका आयुर्वेद स्वास्थ्य संस्था तर्फ अर्घाखाँची आयुर्वेद स्वास्थ केन्द्र पहिलो, लुम्बिनी आयुर्वेद चिकित्सालय दोस्रो र पाल्पा आयुर्वेद स्वास्थ केन्द्र तेस्रो भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा गत मंगलबार देखि बिहीबार (हिजो)सम्म चलेको प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठीमा गत आर्थिक वर्षमा स्वास्थ्य कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेका स्वास्थ्य संस्थाहरुको मूल्यांकन नतिजा समेत सार्वजनिक गरिएको थियो ।
पुरस्कृत स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य मन्त्री खेमबहादुर सारु स्वास्व सचिब दुर्गा लक्ष्मी श्रष्ठले प्रमाणपत्र सहित सम्मान गर्नु भएको थियो ।


प्रतिकया दिनुहोस्