स्वास्थ्य मन्त्री डा. सुधा शर्मासहित दुई मन्त्रीले लिए शपथ

स्वास्थ्यसमाचार/ नवनियुक्त दुई मन्त्रीले आज शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथग्रहण गराएका हुन् ।

शपथ लिनेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता छन् । प्रधानमन्त्री सुशीला कार्कीले गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारलाई पनि मन्त्रीमा सिफारिस गरेकी थिइन् ।

तर जिल्ला अदालतदेखि सर्वोच्चसम्म मुद्दा विचाराधीन रहेको सार्वजनिक भएपछि प्रधानमन्त्रीले सुनारको नाम हटाएकी थिइन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस भएका थिए ।

यस्तै, भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा सिफारिस गरिएका गणपतिलाल श्रेष्ठको नाम अन्तिम समयमा फिर्ता भएको थियो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार श्रेष्ठले पर्यटन मन्त्रालयको आकंक्षा राखेका थिए । तर प्रधानमन्त्री कार्कीले उनलाई भूमिमन्त्रीमा सिफारिस गरेकी थिइन् ।

सम्बन्धित शिर्षक :