स्वास्थ्यसमाचार/ शुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पहिलो मन्त्रीपरिषद बैठकले ९ वटा निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहादत प्राप्तलाई सहिद घोषणा गर्ने निर्णय गर्दै आगामी असोज १ गतेलाई राष्ट्रिय शोक दिवसका रूपमा मनाउने र सार्वजनिक बिदा दिने घोषणा गरेको हो।
सरकारले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरुको राष्ट्रिय सम्मानसहित अन्तेष्टि गर्ने, प्रतिपरिवार १० लाख क्षतिपूर्ति तथा थप ५ लाख अन्य खर्चका लागि उपलब्ध गराउने निर्णय गरेको छ। घाइतेहरुको निशुल्क उपचार गर्ने व्यवस्था मिलाइनेछ भने शव लैजानका लागि निशुल्क सवारी साधन, दुर्गम क्षेत्रमा हेलिकोप्टर र दाहसंस्कारमा सहयोग गरिनेछ।
बैठकले आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ। आयोगको प्रतिवेदनका आधारमा आवश्यक कारबाही अघि बढाइने पनि बताइएको छ।
त्यस्तै, सहादत प्राप्तहरुको स्मरणमा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने, र अघिल्लो मन्त्रिपरिषद्मा पेश भएका प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय पनि बैठकले गरेको छ।
निर्णयहरू
१. जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त भएकालाई सहिद घोषणा गर्ने
२. असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने, सार्वजनिक बिदा दिने
३.आन्दोलनमा ज्यान गुमाएकोहरुको राष्ट्रिय सम्मेनसहित अन्तेष्टि गर्ने
४. मृत्यु भएकाहरुको परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपुर्ति र अन्य खर्च वापत ५ लाख दिने
५.घाइतेहरुको निशुल्क उपचार गर्ने
६.शव लैजानका लागि निशुल्क सवारी साधन र दुर्गमको हकमा हेलिकोप्टरको व्यवस्थापन गर्ने, दाहसंस्कारमा सघाउने
७.आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीको छानविन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरी त्यसको प्रतिवेदनका आधारमा कारबाही गर्ने
८.सहादत प्राप्त गरेकाहरुको स्मरणमा जेनजी जागरण स्मारक पार्क बनाउने
९.अघिल्लो मन्त्रिपरिषद्मा पेश भएका प्रस्तावहरु सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने
प्रतिकया दिनुहोस्