स्वास्थ्यसमाचार/ जेनजीको आन्दोलनमा घाइते भएकाहरुको उपचार राजधानीका विभिन्न अस्पतालमा भइरहेको छ। सबैभन्दा धेरै बानेश्वरकै सिभिल अस्पतालमा भइरहेको छ भने त्यसपछि राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
ट्रमा सेन्टरमा उपचारका लागि ३० जना भन्दा बढी घाइते आइसकेको सेन्टरमा प्रमुख मेसु डा बद्री रिजालले जानकारी दिए। उनका अनुसार उपचारका लागि ल्याइएका एक जना घाइतेको अस्पतालमा ल्याउँदा नै मृत्यु भइसकेको थियो। उनले अन्य घाइतेको उपचार भइरहेको जानकारी दिए।
सिभिल अस्पतालमा पनि एक जना घाइतेको उपचारका क्रममा मृत्यु भएको छ। अर्का एक जना गम्भीर अवस्थामा रहेका अस्पतालका निर्देशक डा मोहनचन्द्र रेग्मीले जानकारी दिए। उनले प्रदर्शनकारीले अस्पतालको प्रशासन भवनमा घेराबन्दी गर्दा समस्या थप जटिल भइरहेको जानकारी दिए।
सिभिल अस्पतालमा एक सय हाराहारी उपचारमा रहेको बताइएको छ।
प्रतिकया दिनुहोस्