जेनजी आन्दोलनः सिभिल अस्पतालमा उपचाररत एक घाइतेको मृत्यु

स्वास्थ्यसमाचार/ भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएपछि घाइते भएका एक जनाको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

शरीरमा गोली लागेका एक युवाको उपचारका क्रममा नै मृत्यु भएको अस्पतालका मेडिकल डाइरेक्टर दिपक पौडेलले जानकारी दिए।

अस्पतालमा घाइतेहरुको भिडभाडले थामिनसक्ने अवस्था आएको भन्दै चिकित्सकहरुले अन्य अस्पतालमा घाइतेलाई लैजान पनि आग्रह गरेका छन्।

सम्बन्धित शिर्षक :