स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका द्वारा सञ्चालन भइरहेको नियमित नगर सरसफाई तथा हरियाली प्रवद्र्धन अभियानको १४८ औं श्रृङ्खला भाद्र १ गते वडा नं. ३ को ड्राइभरटोलमा भव्य जनसहभागिताका साथ सम्पन्न भएको छ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण कार्यक्रमका प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै खाँणले स्वास्थ्य र स्वच्छ वातावरणकै आधारमा समृद्ध समाज निर्माण सम्भव हुने बताउँदै नगर सरसफाई अभियानलाई अझ प्रभावकारी बनाउन नगरबासीको सक्रिय सहभागिता आवश्यक रहेको वताउनु भयो । उहाले तिलोत्तमा नगरलाई हरित, स्वच्छ र स्वास्थ्यमैत्री बनाउन सबैको पहल निरन्तआबश्यक रहेको समेत बताउनु भयो ।
वडा नं. ३ का अध्यक्ष कल्याण पौडेलले “वडास्तरमै टोल–टोलमा निरन्तर सरसफाई र हरियाली अभियान चलाएर मात्र हाम्रो वडा स्वस्थ र आकर्षक बन्न सक्छ। यो अभियानलाई अझ प्रभावकारी बनाउन स्थानीयवासीको सक्रियता र सहकार्य अपरिहार्य रहेको बताउनु भयो । अभियानलाई टोल–टोलमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै वडाका बासिन्दाको सहयोगप्रति आभार प्रकट गर्नुभयो।
कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी घिलेले स्वागत गर्नु भएको थियो भने पनि कार्यक्रमको सञ्चालन वडा सचिब गोकुल गिरीले गर्नुभएको थियो। अभियानमा वडा नं. ३ का १२ वटा टोलका प्रतिनिधिहरु तथा विभिन्न सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतिकया दिनुहोस्