स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डले आगामी १ साउन देखि लागू हुने गरी बीमितहरुलाई आफू नजिकको प्रथम सेवा विन्दुमा गई उपचारको सुरुवाती सुविधा लिन सकिने बताई सकेको छ ।
यसअघि बीमितले प्रथम सेवा विन्दुको रुपमा छानेका आफ्नै ठाउँका प्रमथ सेवा विन्दुमा देखाएर मात्रै थप उपचारका लागि अन्य अस्पताल वा स्वास्थ्य संस्थामा पुग्नु पर्ने बाध्यता थियो । यसले बीमितलाई जुनसुकै बेला देशका जुनसुकै ठाउँमा गएर स्वास्थ्य बीमा सुविधा लिन गाह्रो पारेको थियो ।
बोर्डका अनुसार अहिले देशभर ३८४ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकिएको छ ।
प्रतिकया दिनुहोस्