तिलोत्तमामा स्तन र पाठेघर मुखको क्यान्सर पहिचानका लागि शिविर

१८१ जनाको परीक्षणमा १४ जना पोजेटिभ, १ जना क्यान्सर संकास्पद र २ जनामा पाठेघर खसेको फेला

स्वास्थ्यसमाचार / तिलोत्तमा नगरपालिकाले कुनै पनि रोग लागेर महिला तथा युवतीहरुको ज्यान जान नपरोस भन्ने कुरालाई आत्मसाथ गरि नगरका महिला तथा युवतीहरुको पाठेघर र स्तन क्यान्सरको जाँचलाई बृहत शिविर नै आयोजना गरी परिक्षण शुरु गरेको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सेमराबजार स्वास्थ्य चौकीमा पाठेघरको र स्तन क्यान्सरको जाँच सम्बन्धीत बृहत स्वास्थ्य शिविरको एक कार्यक्रमका बिच तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणले उदघाटन गर्नु भयो ।

उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले तिलोत्तमामा कुनैपनि महिला स्तन क्यान्सर र पाठेघरको क्यान्सरबाट मृत्यु हुन नपरोस भन्ने उद्देश्यले नगरपालिकाले यो कार्यक्रम आयोजना गरेको बताउनु भयोे ।

उहाले तिलोत्तमाले २४ जना नर्सलाई तालिम दिएको र अब नियमित रुपमा प्रत्येक वडामा पाठेघरको क्यान्सरको निशुल्क जाँचको सेवा दिने पनि नगर प्रमुख खाणले वताउनु भयो । उहाले सेमरा स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि अस्पताल बनाउन संघिय सरकारले ३ करोड बजेट समेत बिनियोजन गरेको बताउनु भयो । अब केहि बर्षमै यो स्वास्थ्यचौकी अस्पताल बन्ने उहाँको भनाई थियो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरी देबि चौधरीले नगरपालिकाले स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको लागी बिगतका बर्षमा पनि शिबिर सञ्चालन गरेको र अहिले पनि निरन्तरता दिएको भएपनि महिलाहरुले त्यस तर्फ चासो नदिएको गुनासो गर्नु भयोे।

स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलले नगरपालिका स्वास्थ्यका क्षेत्रमा निकै जिम्मेवार रहेको बताउनु भयो ।कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले नगरवासीलाई स्वस्थ्य राख्न यो कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनु भयो ।

तिलोत्तमा नगरपालिका वडा नं १० का बडा अध्यक्ष गोपाल प्रसाद घिमिरे र स्वास्थ्य शाखाका अधिकृत राम प्रसाद ढकाल कार्यक्रमको वारेमा प्रकाश पार्नु भएको थियोे ।

स्वाथ्य परीक्षणमा आम्दा अस्पतालका डा नारायण जीसी र देवदह मेडिकल कलेजका डा आरतिश्रेष्ठ लुम्बिनी प्रादेशिक अस्पताल र नेपाल परिवार नियोजन संघका नर्सहरुको सहभागीता रहेको सेमरा बजार स्वास्थ्य चौकीका प्रमुख कमल पाण्डेले बताउनु भयो ।

आज गरिएको १सय ८१ जनाको परिक्षणमा १४ जना पोजेटिभि १ जना संकास्पद क्यान्सर भएको देखिएकोले लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर २ जनाको पाठेघर खसेको भेटीएको सेमरा बजार स्वास्थ्य चौकीका प्रमुख कमल पान्डेले बताउनु भयो ।

 

 

सम्बन्धित शिर्षक :