डा. सुजन कडरिया अनेरास्ववियुको अध्यक्ष, महासचिवमा धामी विजयी

स्वास्थ्यसमाचार/ एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुमा पहिलोपटक चिकित्सक पृष्ठभूमिका विद्यार्थी नेता अध्यक्ष निर्वाचित भएका छन् ।

अनेरास्ववियुमा डा. सुजन कडरिया अध्यक्षमा निर्वाचित भएसँगै उनकै समूहका इन्जिनियर विकास श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष र उपाध्यक्षमा डाक्टर र इन्जिनियर निर्वाचित भएजस्तै केन्द्रीय सचिवालय र सदस्यमा पनि प्राविधिक क्षेत्रका डाक्टर र इन्जिनियरहरू निर्वाचित भएका छन् ।

चुनावी नतिजा अनुसार उपमहासचिवमा इन्जिनियर रचना सापकोटा निर्वाचित भएकी छन् । त्यसैगरी सचिवालय सदस्यमा बागमती प्रदेशबाट इन्जिनियर नविन्द्र चालिसे, गण्डकी प्रदेशबाट इन्जिनियर किशोरचन्द्र सुवेदी, सुदूरपश्चिमबाट इन्जिनियर रोशन बहादुर साउद, विश्वविद्यालय कमिटीमा इन्जिनियर विशाल आचार्य र खुला सूचीबाट इन्जिनियर नितेश लामिछाने र डा. पुष्पराज भाम निर्वाचित भएका छन् ।

त्यसैगरी केन्द्रीय सदस्यमा बागमती प्रदेशबाट इन्जिनियर सुदिन अधिकारी निर्वाचित भएका छन् ।

 

सम्बन्धित शिर्षक :