स्वास्थ्यसमाचार /सरकारको अधिकांस स्वामित्व रहेको साझा स्वाथ्य सेवा ६१औ बर्षमा प्रवेश गरेको छ । वि.स. २०२१ सालमा नेपाल सरकारको ५८.७५ प्रतिशत स्वामित्व रहेको यो सहकारी राष्ट्रिय स्तरको एक मात्रै स्वाथ्य सहकारी संस्था हो ।
राष्ट्रिय स्तरको संजाल भएको स्वास्थ्य सहकारी “साझा स्वास्थ्य सेवा“ नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको अधिकतम तथा नेपाल सरकारकै स्वामित्वमा रहेका संस्थाहरु–मदन पुरस्कार गुठी, साझा पसल सेवा, साझा भण्डार, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेड समेत गरी सरकारको अधिकतम करीव ५८.७५% (५९%) लगानी रहेको यो संस्था २०२१।०३।०३ मा स्थापना भई औषधी र औषधिजन्य सामाग्रीहरु गुणस्तरीय, सुपथ र सुलभ रुपमा सर्वसाधारणलाई पुर्याउँदै आएको छ ।
सहकारी ऐन, २०७४ र नियमावली, २०७५ अनुसार ९ जनाको संचालक समिति रहेको छ, जसमा अध्यक्ष सहित ४ जना (१ महिला समेत) साधारण सभाबाट निर्वाचित र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण, अर्थ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सहसचिव १÷१ गरी ३ जना, नेपाल सरकारबाट मनोनीत १ जना र राष्ट्रिय सहकारी विकास बोर्डबाट प्रतिनिधि १ समेत रहने व्यवस्था छ ।
लेखा सुपरिवेक्षण समिति संयोजक १ र सदस्य २ जना, साथै संचालक समितिको सचिवको रुपमा महाप्रबन्धक (विशिष्ट श्रेणी) रहने व्यवस्था रहेको छ । साथै नायव महाप्रवन्धक, महाशाखा प्रमुख, अधिकृत, शाखा प्रमुख, फार्मेसी अधिकृत, स.फर्मासिष्ट, विक्रेता तथा अन्य सहयोगी कर्मचारी सहित जम्मा २सय४४ जनाको दरबन्दी कायम भएको छ भने हाल कार्यरत स्थायी १सय ११ जना र करार ६९ जना गरी १सय ९० जना जनाबाट दैनिक कार्यहरु सम्पादित भएका छन् । यस संस्थाका शेयर सदस्यहरु जम्मा १०४९ छन् ।
हाल यसको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका, वार्ड नं. ७, कुमारी मार्ग, चावहिल, काठमाडौंमा रहेको छ र ५ महाशाखा, ८ शाखा तथा २८ फार्मेसी संचालित रहेका छन् । यस संस्थाको काठमाडौं भोटाहिटी, त्रिशुली, भक्तपुर, विराटनगर, वीरगंज, जनकपुर, सिन्धुली, चितवन–२ वटा, पोखरा, भैरहवा, गुल्मी, तुलसीपुर, बाग्लुङ, धनगढी, डडेल्धुरा, महेन्द्रनगर लगायत थप केही फार्मेसी आफ्नै भवनमा रहेको र आफ्नै जग्गा समेत विभिन्न शहरहरुमा रहेको छ ।
यस संस्थाले पहिले सरकारी क्षेत्रमा नेपाल सरकारका अस्पताल, स्वास्थ्य चौकी र मेडिकल स्टोर तथा भेटेनरी कार्यालयमा औषधी आपूर्ति गर्दै आएको र कोभिड–१९ मा केही स्वास्थ्य सामाग्रीको वितरण तथा धेरै पहिले देखी नारकोटीक्स आयात गरी विरामी र अस्पताललाई सहयोग पुर्याउँदै आएको छ ।
औषधि वितरणमा जनताको विश्वासिलो यो साझा व्यवस्थापन र केही नीतिगत कमी र कोभिडका कारणले र वर्षौं अगाडी देखी घाटामा रहेकोमा विगत २ वर्ष देखी नाफामा रहेको छ ।साझा स्वाथ्य सेवा पछिल्लो समयमा सवल पक्षमा समेत अगाडी बढिरहेको साझा स्वाथ्य सेवा महाप्रबन्धक चुरामणी भन्डारी बताउँनुहुन्छ् । सरकारको अधिकतम स्वामित्व भएको स्वास्थ्य सहकारी संस्था संस्थागत अनुभव, क्षमता विकास भएको उहाँको भनाई छ ।
विश्वसनीयता भएको औषधीको गुणस्तर, सुपथ र सुलभ रात्रीकालिन सेवा समेत दिदै आएको उहाँको भनाई छ । संस्थागत सम्पति भएको धेरै ठाउँमा आफ्नै भवन, जग्गा भएको ८ शाखा र २८ विक्री कक्ष (साझा फार्मेसी) संचालनमा रहेको स्वाथ्य सेवाले आफ्नो जग्गा व्यवस्थापन गरी राम्रो आम्दानी समेत गर्न सक्ने अवस्था रहेको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ्–‘ सहकारी ऐन, नियम, कानुनको व्यवस्था भएको छ, साथै गत दुई आर्थिक बर्ष देखि संस्था नाफामा समेत छ ।’
अन्य भन्दा २ प्रतिशत सस्तो पाईन्छ औषधी
स्वाथ्य सेवा सहकारी संस्थामा अन्य नीजि फार्मेसीहरुमा भन्दा तोकिएको मुल्यमा २ प्रतिशत छुटमा पाईन्छ । विगत ६० बर्ष देखि नै सहकारीले यसरी नै औषधी उपलब्ध गराउँदै आएको छ । यो विषयमा कतिपय सेवा ग्राहकहरु जानकार छैनन । जसको कारणले अन्य स्थानमा महंगोमा औषधी किनिरहेको पाईन्छ ।
ड्रगजन्य औषधीको विक्रि गर्ने निकाय
सरकारले निश्चित स्थान मात्रै तोकेका स्थानमा पाउने औषधी साझा स्वाथ्य सेवाका फार्मेसीमा पाउँछ । खासगरी सरकारी निकायबाट तोकेका ड्रगजन्य औषधी सम्बन्धीत औषधीहरु अन्य स्थानमा पाउँदैन, विक्रि वितरणमा अन्य स्थानमा रोक समेत लगाइएको हुन्छ । उक्त औषधीहरु साझा स्वाथ्य सेवाको फार्मेसीमा मात्रै पाउँछ । यो औषधी अप्रेशन तथा कडा दुखाईमा प्रयोग हुने गर्दछ ।
नाफामा स्वाथ्य सेवा
२०८० साउन १ देखि २०८१ असार ३१ गते सम्म संस्था नाफामा रहेको पाइएको छ । कुल नामा गत बर्षको रकम २ करोड ८ लाख रुपैयाँ यो बर्ष नाफा गरेको छ । विगतमा बर्षमा १८ करोड घाटामा रहेको संस्था हाल आएर १४ करोडमा पुगेको छ तर वार्षिक नाफा सुरु भएको साझा स्वास्थ्य संस्थाले जनाएको छ ।
महाप्रबन्धक भण्डारी आएपछि
साझा स्वास्थ्य सेवामा महाप्रबन्धक चुडामणि भण्डारी आएपछि संस्थाका कर्मचारीहरुलाई उत्प्रेरित गर्ने दक्षता अभिबृद्धि गर्ने,कार्ययोजना बनाई काम गर्ने संस्थालाई अतिरिक्त आम्दानी गर्ने, खर्च मितव्ययी गर्ने, ब्यबस्थापन सुधार गर्ने, क्षमता अनुसार कर्मचारीलाई जिम्मेबारी दिने, पारदर्शिता र सामुहिक छलफल अनुसार काम गर्ने कार्य सुरु छ ।
संस्थाबाट कर्मचारी बिदा हुँदा खालीहात जानुपर्ने अबस्थालाई समेत सुधार भएको छ । उहाँले अवकास हुने दिनमै सुरुमा १ लाख र हाल २ लाख दिने ब्यबस्था र उपदान र बिदापावतको रकमपनि छिटै उपलब्ध गराउने ब्यबस्था मिलाएको वताउनु भयो ।
बैक तथा कारोबार गर्ने निकायबाट संस्थालाई अतिरिक्त आम्दानी भएको छ । नयाँ संरचना बनेका छन । बीरगञ्ज र पोखरामा नयाँ शाखा खुलेका छन। चन्द्रागिरी नयाँ फार्मेसी बिस्तारको तयारी भएको बुटबल शाखाका निमित्त प्रमुख साबित्री राईले बताउनु भयो ।
यस्तै बुटबल शाखाका स्टोर तथा फार्मेसीईन्र्चज तीर्थ पाण्डेका भन्नुहुन्छ महाप्रबन्धकमा भण्डारी आएपछि कर्मचारीहरुलाई सुबिधा प्रेरणा संस्थागत ब्यबस्थापन लगायका क्षेत्रमा सुधारमा भएको छ। अहिले प्रादेशिक अस्पताल तथा अन्य अस्पतालमा समन्वयन राम्रो हुदै गएकोले नीतिगत सुधार भएको लगयतका काम भएको पान्डेको भनाई छ ।
अब सरकारी अस्पताल र प्रतिष्ठान भित्र सहजरुपमा फार्मेसी थप गर्ने ब्यबस्था मिलाए साझाबाट बिरामीहरुलाई थप सहज हुने उहाको भनाई छ । यसको लागी संघिय सरकार प्रदेश सरकार र स्थानिय सरकारले साझा फार्मेसी सञ्चालन गर्न ढिला गर्नु हुदैन जसले गर्दा जनतालाई गुणस्तरीय औषधी सुफत र सुलभ दरमा उपलब्ध हुने छ ।
अबको योजना वारे महाप्रबन्धक भण्डारी भन्नुहुन्छ
अबको पहिलो कार्य भनेको संस्थाको ओएनएम गर्ने सर्वेक्षण गर्ने कर्मचारीको स्तरवृद्धि बढुवा तथा नयाँ नियुक्ती गर्ने आबश्यक निर्देशिका तथा नियामबली लागु गर्नै र आगामी ३ देखी ५ बर्षको कार्ययोजना बनाई कार्य गर्ने बताउनु भयो ।
त्यस्तै उहाँले अनुदान सहयोग ऋण लिएर भएपनि संस्थाको ब्यबसायी भबन बनाउने ब्यवसाय बृद्धि गर्ने र फार्मेसी बिस्तार गर्ने सेयर सदस्य तथा सर्वसाधारणलाई सस्तो र गुणस्तरीय औषधी बिक्री गर्ने योजना बनाएको बताउनु भयो ।
यसको लागी सरकारले आबश्यक कानुन तथा नीतिगत ब्यवस्थाका लागी सञ्चालन समित तथा मन्त्रालयबाट आबश्यक निर्यातको पर्खाईमा संस्था रहेको भण्डारीले बताउनु भयो ।
प्रतिकया दिनुहोस्