स्वास्थ्यसमाचार/रुपन्देहीमा पहिलो दिन ७ हजार ४६५ जनाले पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाएका छन् ।पहिलो चरणमा ८ वटा पालिकामा ३१ हजार ९९५ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय रुपन्देहीले पहिलो दिन ७ हजार ४६५ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
देशभर आजबाट पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाउन शुरु गरिएको छ । रुपन्देहीमा पहिले चरणमा झण्डै ३२ हजारलाई खोप लगाउने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले जानकारी दिनुभयो ।
रुपन्देहीमा हर्षोल्लासपूर्वक खोप लगाएका छन् । पहिले चरणमा आजदेखि २७ गतेसम्म र दोश्रो चरणमा फागुन ६ गते सम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
सरकारले कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने र बिद्यालय बाहिर रहेका १० बर्षदेखि १४ बर्ष उमेरका किशोरीहरुलाई खोप लगाइएको कार्यालयले जनाएको छ ।
रुपन्देहीमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको उपस्थितीमा मायादेवी ८ मा रहेको श्री जनचेतना माविबाट खोप अभियान शुरु गरिएको हो ।
सो अबसरमा बोल्दै मन्त्री कार्कीले सरकारले अभियानको रुपमा शुरु गरेको खोप लगाउने कार्यमा सबै जना सहभागि भएर खोप लगाउन आग्रह गर्नु भयो ।
स्वास्थ्य कार्यालयले स्थानिय पालिकाको समन्वयमा दुई चरणमा गरी ५८ हजार ८ सय ९८ किशोरीलाई खोप लगाउँदै छ ।
प्रतिकया दिनुहोस्