स्वास्थ्यसमाचार /लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीले आफ्नो नियमित कार्यक्रम अन्र्तगत गत(सिएमई) कार्यक्रम सम्पन्न गरेको छ।
लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीका अध्यक्षता डा. बिष्णु पौडेलले अध्यक्षतामा भएको कार्यक्रममा सहजीकरणको भूमिका डा. किरण खनाल डा कृष्ण कुमार अग्रहरी डा पुष्पराज जोशी ले निभाउनु भएको थियो।
कार्यक्रममा प्रमुख वक्ताको रूपमा डा. सुमन राज आर्चायले (लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल) ले मधुमेह रोग सम्बन्धी औषधि व्यवस्थापन सम्बन्धी जानकारी गराउनु भयो ।त्यस्तै डा. हरी पन्थी (लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल) ले मधुमेह र मृगौला रोग सम्बन्धी विषयमा चर्चा गर्नुभयो।
कार्यक्रममा अर्काे बक्ता डा. निरज बिडारी (देवदह मेडिकल कलेज) ले अव्यवस्थित जीवनशैलीका कारण लाग्ने कलेजो रोग सम्बन्धी प्रस्तुति दिनुभयो। यो कार्यक्रमले मधुमेह, मृगौला, र कलेजो सम्बन्धी रोगको व्यवस्थापन र रोकथामका उपायबारे महत्वपूर्ण जानकारी प्रवाह गरेको छ। कार्यक्रम सहभागीहरूले यसलाई प्रभावकारी र ज्ञानवर्द्धक अनुभव वताएका छन ।
सिएमी कार्यक्रमको संयोजन डा. सुभाष ज्ञवालीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन डा. प्रकाश भट्टराईले गर्नुभएको थियो। बिगत एक बर्ष पहिलो सञ्चालनमा आएको यो लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीले बिभिन्न कार्यक्रम गर्दे आएको छ ।
एक बर्षको अवधिमा आफुहरुले वार्षिक बुलेटिन सदस्यहरु बृद्धि तथा इन्टरनल मेडिसिन सम्बन्धी बिभिन्न कार्यक्रम गर्दैआएको सोसाइटीका सदस्य एबं कार्यक्रम संयोजक ज्ञवालीले वताउनु भयो ।
प्रतिकया दिनुहोस्