स्वास्थ्यसमाचार/रुपन्देही उद्योग संघले आफ्नो ४७ औं स्थापना एवम् औद्योगिक दिवसका अवसरमा शुक्रबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन गरिएको छ ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रमको सुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि संघका पूर्व अध्यक्ष दिनेश राज रेग्मीले संघले आयोजना गरेको रक्तदान कार्यक्रमले सबै उद्योगीको शिर उँचो बनाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनु हुँदै उद्योगीहरुलाई सामाजिक उत्तरदायित्व वहन गर्नेतर्फm प्रोत्साहन बढेको बताउनु भयो ।
कार्यक्रममा संघका अध्यक्ष दिलिप सापकोटाले रुपन्देही उद्योग संघको विगतको इतिहासलाई बचाउँदै समाजमा स्थापित भएर अगाडि बढ्न धेरै चुनौतीहरु रहेको उल्लेख गर्दै समाज प्रतिको दायित्वलाई कहिल्यै विर्सन नहुने धारणा राख्नु भएको थियो ।
अध्यक्ष दिलिप सापकोटाले संघका गतिविधिहरुलाई अगाडी बढाउने क्रममा सचेत र संयमित भएर लागेको बताउँदै उहाँले संघले विगतदेखि गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिने र नयाँ कार्यक्रमहरु थप्दै जाने प्रतिवद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा संघका सचिव महिला मन्जु भुसालको संचालन तथा कार्यसमिति सदस्य राजु घिमिरेको संयोजन एवं स्वागतमा सम्पन्न भएको थियो ।
सो अवसरमा संघका पूर्व अध्यक्षहरुको, पदाधिकारीहरु, सल्लाहकार, कार्यसमिति सदस्यहरु, उद्योगी एवं रक्त दाताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकया दिनुहोस्