बुटवल हस्टिलले दशैमा अवधीभर पनि आफ्ना सबै सेवा संचालन गर्ने

स्वास्थ्यसमाचार /स्वास्थ्य क्षेत्रमा अलग पहिचान बनाउन सफल बुटवल हस्पिटल प्रा.लि.ले हिन्दु नेपालीहरुको ठुलो पर्व दशै अवधीभर  पनि आफ्ना सबै स्वास्थ्य सेवा संचालन गर्ने भएको छ ।

चाडपर्वको वेला अधिकाश स्वास्थ्य संस्थाहरु बन्द हुदां विरामीहरुलाई मर्का पर्ने भएकोले अस्पतालले आफ्ना सेवाहरु नियमित रुपमा संचालनमा राख्ने जनाएको हो । बुटवल हस्पिटल प्रा.लि.ले ईर्मेजेन्सी, आईसीयु, एचडियु,जनरल वार्डहरुका साथै अधिकाशं ओपिडी सेवाहरु समेत संचालन गर्ने छ ।

असोज २४ गतेदेखि २८ गतेसम्म दशैं पर्वको अवसरमा सार्वजनिक विदा हुने गर्दछ । जसका कारण अधिकाश स्वास्थ्य सेवाहरु समेत बन्द हुने गर्दछन् । चाडपर्वमा विरामीहरुका लागि स्वास्थ्य संस्थाहरु झ्न वढि आवश्यक पर्ने देखिएकोले बुटवल हस्टिल प्रा.लि.ले आफ्ना सबै सेवाहरु संचालन गर्ने अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले जानकारी दिनु भयो ।

उहांले ओपिडीका लागि पालैपालो डाक्टरहरुले सेवा दिए पनि अन्य विभागहरु नियमित रुपमै संचालन हुने बताउनु भयो । बुटवल हस्पिटलले दशैको वेला अप्रेसन समेत गर्ने गरि चिकित्सक सहितको कर्मचारी व्यवस्थापन गरेको अस्पतालका अस्पतालका निर्देशक डा कृष्ण खनालले बताउनु भयो ।

दशै अवधीभर अस्पतालले एमआरआई, सिटी स्क्यान, भिडियो एक्सरे, ल्याव सहितका सबै सेवा नियमित नै संचालन गर्ने भएको छ । त्यसका लागि सबै वातावारण मिलाईएको अस्पतालले जनाएको छ । एक सय वेड संचालन अनुमती पाएको बुटवल हस्पिटलले केहि समय अधि मात्र अत्याधुनिक भवन, उपकरण सहितको नयां व्यवस्थापनमा उपचार सेवा बुटवल ६ चांदवारीबाट शुरु गरेको छ ।

२४ वर्षदेखि बुटवलहको हस्पिटललाईनबाट सेवा संचालन गरेको बुटवल प्रा.लि.४ महिना अधि आफ्नै भवनबाट संचालनमा आएको हो । जहां ३६ जना विशेषज्ञ चिकित्सक सहित करिव २ सय स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरु रहेका छन् ।

सम्बन्धित शिर्षक :