लुम्बिनी प्रादेशिक अस्पतालमा एक वर्षमा साढे ४ लाख विरामीले लिए सेवा

स्वास्थ्यसमाचार/ यस क्षेत्रको सबैभन्दा पुरानो र ठुलो लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा एक बर्षमा ४ लाख ४८ हजार बढीलाई सेवा दिएको छ।

अस्पतालको रेकर्ड शाखाको तथ्याङक अनुसार ओपीडीमा ३लाख४८ हजार९सय ७१ आईपीडीमा २६हजार ८ सय ८८ र इमर्जेन्सीमा ७२ हजार २ सय ४४ जना गरि कुल ४ लाख ४८ बढीलाई सेवा दिएको जनाएको हो ।

अस्पतालको तथ्याङक शाखाका अनुसार आर्थिक बर्ष २०८०÷८१मा लेवर वाडमा १२ हजार २ सय १७ अर्थाेबाडमा ११सय ४५ र्सजीकल वाडमा १३सय १६ मेडिकल बार्डमा २७ सय ८३ बच्चा वाडमा २१सय ३५ आईसीयुमा २१सय ४४ एनाशियुमा ७सय ३ एसएनसियु ८सय ६५ पिआईसियुमा १सय २७ नेफ्रोलोजी वाडमा ६७ जना रहेका छन।

त्यस्तै न्युटेशनमा ९२ जना ईएचएस १४सय ९३ जना युरोशर्जरी वार्ड २सय ७० न्युरो सर्जरी वार्डमा ३सय १७ ईएनटीबाट २सय २० न्युरोएचडियु वार्ड ४सय ६३ पोष्टअप वार्डमा१४सय ४ क्यावीनमा ३१सय ६३पिएनसी वार्डमा ११सय ७७ साईकेटिक बाट८६ जना डायलासिस वार्डमा१सय ७१एक वर्नवाडमा ७८ जना र्ड«मावाडमा १० जना रहेको रेकर्ड शाखाले जनाएको छ ।

गत बर्ष ७९/८०मा ३ लाख ९५ हजार ८सय बढीले अस्पतालबाट सेवा लिएका थिए । गत बर्ष भन्दा यस बर्ष बिरामीको चाप बढेको अस्पतालले जनाएको छर गत बर्ष भन्दा यस बर्ष५२ हजार बढी बिरामीलाई सेवा दिएको अस्पतालका मेसु डा ईन्द्र ढकालले बताए ।

सम्बन्धित शिर्षक :