औषधी नाममा लागू औषधीको कारोबार र स्वीकृति नदिएका औषधीको बिक्री कडाइ गरिन्छ:मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी संगै निजि क्षेत्रबाट सञ्चालन भएका अस्पताल तथा स्वास्थ्य संस्थाकाे उपचार सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले ध्यान दिने बताउनु भएको छ ।

नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीकाे आयाेजनामा शनिबार बुटवलमा भएको सम्मान एवम् औषधी व्यवसायीहरुकाे क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले सरकारी अस्पतालकाे सेवा सुविधालाइ सुधार गर्दै निजि क्षेत्रका अस्पताललाइ समेत कानुनी दायरा भित्र ल्याएर सेवा प्रवाहलाइ चुस्त बनाउने बताउनु भयाे ।

प्रदेश सरकारले स्वास्थ क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बिशेषज्ञ उपचार सेवा सञ्चालन गरेकाे जानकारी दिनुभयाे । बुटवललाई स्वास्थ हव बनाउन, आर्थिक रुपमा समृद्ध बनाउन लुम्बिनी प्रादेशिक अस्पतालले नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नु भयाे ।१२ सय अस्पतालले पूर्णता पाएपछि औषधी व्यवसाय फस्टाउने छ । आर्थिक काराेबार बढ्ने छ ।

बुटवल आर्थिक हव बन्छ´उहाँले भन्नुभयाे-`प्रादेशिक अस्पतालकाे भवन निर्माण चालू आर्थिक बर्ष १ अर्ब ८० कराेड बजेट बिनियाेजन गरेकाे छ । प्रदेश सरकारले सबै हिसाबले उच्च प्राथमिकतामा राखेकाे छ ।´ मुख्यमन्त्री आचार्यले हरेक व्यवसायलाई पारदर्शी बनाउन जरुरी रहेकाे धारणा राख्नु भयाे ।

औषधी व्यवसायकाे नाममा हुने लागू औषधीकाे काराेबार र औषधी विभागले स्वीकृति नदिएका औषधीकाे बिक्रीवितरणमा कडाइ गरिने बताउनु भयाे `व्यवसायीकतालाइ ख्याल गरेर अघि बढ्नुस । मानिसकाे जीवनकाे संवेदनशील क्षेत्र स्वास्थ्य क्षेत्र हाे´उहाँले भन्नुभयाे-`स्वास्थ्य क्षेत्रमा यहाँहरुले पुर्याएकाे याेगदानकाे सम्मान गर्न चाहन्छु ।

उपचारकाे लागि सेवा गर्नु भएको छ। अप्ठ्यारो अवस्थामा पनि औषधीकाे अभाव हुन दिनु भएन ।´ गुणयुक्त, असरयुक्त, जनसुरक्षित, औषधीकाे आपूर्ति, हाम्राे प्रतिबद्धता भन्ने मुख्य नारा सहित औषधी व्यवसायीकाे क्षमता अभिवृद्धि गर्न थालिएको छ ।

औषधी व्यवसायी संघका अध्यक्ष खड्गप्रसाद बस्नेतकाे अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक तथा निवर्तमान अध्यक्ष सुरज भट्टराईले बिषय प्रवेश गराउदै सरकारी स्तरबाट खाद्यान्न, औषधी र कस्मेटिक ल्याव स्थापना गर्न माग राख्नु भयाे । यस्तै बुटवल, दाङ र रुपन्देहीमा औषधी जन्य फाेहर व्यवस्थापन केन्द्र स्थापना गर्न जरुरी रहेकाे धारणा राख्नु भयाे ।

सम्बन्धित शिर्षक :