उपचारको क्रममा सुत्केरीको मृत्यु अस्पतालले लापरवाही गरेको भन्दै कारबाहीको माग

स्वास्थ्यसमाचार /तिलोत्तमा–४ ड्राईभरटोलमा रहेको ओम महिला तथा बालबालिका अस्पतालमा सुत्केरीको ज्यान गएको छ ।शान्ती नमुना माविमा अंग्रेजी विषय अध्यापन गर्र्दै आएकी सृजना पौडेलको शरिरमा युरिनको मात्रा फैलिएपछि समयमा नै उपचार नहुँदा मृत्यु भएको हो ।

साउन १७ गते विहान ८ः ३० बजे छोरीलाई जन्म दिएको उनको दिउँसो ३ बजे सम्म पनि पिसाव भएको थिएन । आईसीयुमा राखेर उपचार गर्नुपर्ने विरामी अस्पतालमा आइसीयु नै नभएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याँदा ढिला भएको कारण मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा साँझ ६ बजे मात्रै उपचारको लागि ल्याइएको मृतकका जेठाजु गोविन्द बेल्बासे बताउँछन् । विहान अप्रेसन गरेको विरामीको ३ बजे सम्म पिसाव नभएपछि अन्य अस्पताल रिफर गर्नुपर्नेमा ओम अस्पतालले लापरवाहीको त्यही नै राखेर उपचार गर्न खोज्दा शरीरभरि युरिनको मात्रा फैलिएर विरामीको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परिक्षण रिर्पोट बटा देखिएको छ ।

ओम अस्पतालमा डा. शर्मिला शर्मा सहितको टिमले अप्रेसन गरेको थियो । सर्जरी गरेर उनले साढे आठ बजे बच्चा (छोरी)लाई जन्म थिइन । आफन्तका अनुसार अपरेशन गरेर होसमा आइ उनी दिउँसो एक बजेसम्म पनि सामान्य अवस्था रहेको थियो । आईसीयु नै नभएको अस्पतालमा कसरी विरामीको अप्रेसन गरियो ? यो सरासर लापरवाही छ । आफन्ती बेल्बासेले भने । राति १२ बजेमात्रै सेता रगत लुम्बिनी प्रादेशिक अस्पतालमा पुगियो तर विडम्बना त्यति बेलासम्म विरामीको निधन भइसकेको थियो ।

कुनै अत्यावश्यक पूर्वाधार नभई किन हस्पिटलमा बिरामी भर्ना लिने र प्रसूति सेवा दिइरहेको भन्दै आफन्तहरु सुरुमा उपचार सेवा दिएको ओम अस्पतालप्रति रुष्ट भएका छन् ।दिउँसोसम्म केही नभएकी सुत्केरीको तीन बजेबाट पिसाव च्यापिएर समस्या भयो भन्दै स्वास्थ्य अवस्था चिन्ताजनक पारेर मृत्युको मुखसम्म पुराएकोमा आफन्त आक्रोशित छन् ।

अकस्मात स्वास्थ्य जटिल भएको र त्यहाँदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा सिफ्ट गरेको केही घण्टाभित्रै अकस्मात मृत्यु भएको भन्दै आफन्तहरु दोषीमाथि कारबाहीको पक्षमा छन् ।एउटा आइसीयु नै नभएको अस्पतालमा शल्यक्रिया गर्न दिने व्यवस्था, ब्लड बैङ्कमा सेतो प्लेटलेट्स बनाउने मेशिन नै नचलेको अवस्थाले अकालमा ज्यान गुमेको भन्दै आफन्तले दुःख व्यक्त गरे । मृतक भएकी पौडेलको विगत ३ दिन देखि निरन्तर चिकित्सकको सम्पर्कमा रहेकी थिईन्, खास समस्या नदेखिएको सामान्य अवस्थामा उनले बुधवार अप्रेसन गर्ने गरी समय लिएको बुझिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याउँदा बरिष्ठ फिजिसियन डा. नन्दु पाठक सहितको टिमले समेत सृजनाको अवस्था बारेमा हेरेको थियो । मृतक पौडेलका आफन्तले केश जटिल हुँदा सम्म पनि अस्पतालले अन्य अस्पतालमा रिफरको लागि ढिलाई गर्नु, आईसीयु नै नभएको अस्पतालमा अप्रेसन गर्नु आफैमा लापरवाही भएको भन्दै अस्पताल प्रशासनलाई कडा कारबाहीको माग गरेका छन् ।

यता, अस्पतालका निर्देशक तथा विरामीको अप्रेसन गरेकी चिकित्सक डा. शर्मिला शर्माले अस्पतालमा आईसीयु निर्माणाधीन अवस्थामा रहेको बताईन् । उनले सबै विरामीलाई आइसीयु नचाहिने भन्दै आवश्यक परेको बखतमा लुम्बिनी प्रादेशिक अस्पताल संग सहकार्य गरेर काम गर्दै आएको बताएकी छिन् ।

सम्बन्धित शिर्षक :