९० प्रतिशत जनस्वाथ्यकर्मीको समस्या सामाधान गर्न पहल गर्छु :सरोज रिमाल अध्यक्ष पदका उम्मेदबार

नेपाल जनस्वास्थ्य संघ प्रदेशको अधिवेशन असार १ गते हुँदै छ । प्रदेशको दुई स्थानमा अध्यक्ष सहितका पदाधिकारीहरुको लागि निर्वाचन हुँदै छ । यो भन्दा पहिला पनि अध्यक्ष रहेका हेमराज पाण्डे र सरोज रिमाल यो पटक अध्यक्षको लागि चुनावी मैदानमा रहेका छन् । यही विषयमा अध्यक्षका उम्मेदबार सरोज रिमाल संग गरिएको कुराकानी ।
तपाईंको उम्मेदबारी के को लागि ?

प्रदेशको भित्रका जनस्वाथ्य कर्मीहरुको हक हित स्थापनाको गठन भएको संगठन हो । हामी प्रदेशका स्वाथ्य क्षेत्रका हक हितको लागि काम गर्नको लागि हक हितको लागि हामी का गर्ने छौ । हक हितको लागि संगठन रहेको हक हितको क्षेत्रमा काम गर्ने, स्वाथ्य नीतिको निर्माणका लागि वकालत गर्ने काम को लागि हाम्रो संगठन निर्माण भएको हो यसको लागि नै हामी लागिपरेका छौ । पछिल्लो समयमा प्रदेश र स्थानीय तहका वीचमा जनस्वाथ्य कर्मिहरुको वीचमा भएको खाडल कम गर्नको लागि समेत यो संगठनले काम गर्नुपर्ने हुन्छ ।

तपाईंको मुख्य एजेन्डा के छ ?

लुम्बिनी प्रदेश भित्र हामी जीतपनि जनस्वाथ्य कर्मीहरु रहेका छन्, उनिहरुको अधिकार सुनिश्चत गर्नको लागि मुख्य एजेन्डा रहेको छ । हामीले प्रदेश भित्र जुन समायोजना भएपछि प्रदेश र स्थानीय तहको वीचमा जुन नीति तथा नियम बनाउने काम कर्मचारीबाट हुन्छ, त्यसमा हिजोका दिनमा जनस्वाथ्य कर्मीहरु जुन प्रदेशमा पनि हुनुहन्छ, स्थानीय तहमा पनि हुनुहन्छ, उहाँहरुको बृत्ती विकासका लागि पनि ठोस पहल हुन सकेको छैन । हामीले उनीहरुको क्षमता विकास लगायत, गैरसरकारी संस्थामा काम गर्ने, स्थानीय तहमा काम गर्ने जनस्वाथ्य कर्मीहरुको हक हितको लागि काम गर्न सकेको छैन । जसको लागि हामीले पहल गर्ने छौ ।

प्रदेशमा जनस्वास्थ्यकर्मीहरुको अवस्था कस्तो छ ?

लुम्बिनी प्रदेशमा अझै पनि ३० प्रतिशत भन्दा बढि जनस्वाथ्यकर्मीहरु नेपामा दर्ता भएका छैनन । उनीहरुलाई त्यसमा ल्याउन जरुरी रहेको छ । खासगरी प्रदेश र नगरपालिका भएका जनस्वाथ्य अधिकृत दरबन्दी खाली छ । अन्यमा प्रदेशमा पदपुर्ति भएको भएपनि लुम्बिनी प्रदेशमा भएको छैन ।जसको लागि कुनै पहल भएको छैन ।

यो भन्दा पहिला भएका हाम्रो संगठनको नेतृत्वले समेत यसमा ठोस पहल गर्न सकेन ।खाली रहेको दरबन्दी पदपुर्तीको लागि पहल गर्ने छौ । स्थानीय पालिका(गाउँपालिका)मा पनि जनस्वाथ्य अधिकृतको दरबन्दी स्थापनाको लागि हामी पहल गर्ने छौ । जुन पदपुर्तीको लागि हाम्रो पहल हुने छ ।विभिन्न स्वाथ्य क्षेत्रका गैरसरकारी संस्थाहरु पनि गैरस्वाथ्कर्मीहरुले नेतृत्व गरेको पाइएको छ ।

पब्लिक हेल्थको कार्यक्रम चलाउने गैरसरकारी संस्थाहरुले जसले स्वाथ्य सम्बन्धी विषय पढेको छैन, त्यस्तो व्यक्तिलाई नातावाद, कृपावादमा आधारित रहेर नियुक्ती गर्ने गरेको पाइएको छ । जुन गलत हो । हामी यसमा पब्लिक हेल्थ अध्यन गरेको व्यक्तिबाट नै यसको नेतृत्व गर्नुपर्ने माग गरेका छौं ।सरकारीले जनस्वाथ्य कर्मी उत्पादन गर्दै जाने तर गैरसरकारी संस्थाले अंकुश लगाउने काम भएको छ, त्यसलाई रोक्नको लागि पहल हुने छ ।

प्रदेशले बनाएको ऐनको विषयमा यहाँको धारणा के छ ?
प्रदेशले बनाएको ऐन मा धेरै त्रुटीहरु रहेका छन्, जसमा स्थानीय तहमा रहेका जनस्वाथ्यकर्मीहरुलाई समेटेको छैन । उनीहरुको हक हित स्थापनाको लागि कुनै पनि पहल भएको छैन । तल्लो तहका स्वास्थ्यकर्मीहरुको लागि वृत्ति विकासमा अंकुश लगाइएको छ । जुन गलत अभ्यास हो । त्यसको लागि हामी ऐन नियम, नियावाली संसोधन गरेर भएपनि काम गर्नुपर्दछ भन्ने हो ।

तपाईको उम्मेदबारी खास किन हो ?
यो भन्दा अगाडी नेतृत्व हेरियो, पहिलो समितिले त्यसपछि नेतृत्वले ठोसमा काम गरेन, वकालत गर्न सकेन, हामीले जनस्वाथ्य कर्मीहरुको लागि ९० प्रतिशत भन्दा बढि स्थानिय तहमा नै छौ । त्यसको लागि म स्थानीय तहमा नै रहेको कारण स्थानीय तहको हक हितको लागि यो उम्मेदबारी रहेको छ । स्थानीय तहमा समस्या समाधानको लागि हामी नै गर्न सक्छौ भन्ने मुल्य मान्यता नै । समासमस्या समाधानको लागि हामीले नै पहल गर्ने छौ । यसको लागि मेरो उम्मेदबारी हो । त्यसैले सबैले मलाई भोट दिएर बिजयी बनाउनुहुन्छ भन्ने मेरो विश्वास रहेको छ ।

 

सम्बन्धित शिर्षक :