केन्द्रीय कारागार अस्पतालमा कैदीबन्दीलाई स्वास्थ्य सचेतना, दौतरी शिक्षा र किटनाशक झुल बितरण

स्वास्थ्यसमाचार/केन्द्रीय कारागार अस्पतालमा आँखा पाक्ने समस्या (कन्जगंटिभाईटिस) मानसिक स्वास्थ्य, दौतरी शिक्षाको सचेतना तथा किटनाशक झुल बितरण कार्यक्रम सम्पन्न भएको छ।

बिभिन्न सरोकारवाला हरुको सहभागितामा केन्द्रीय कारागार अस्पतालमा आँखा पाक्ने समस्या, मानसिक स्वास्थ्य, दौतरी शिक्षाको सचेतना तथा किटनाशक झुल बितरण कार्यक्रम सम्पन्न भएको हो।

कारागारभित्र रहेका कैदीबन्दी तथा थुनुवाहरुमा कमजोर भौतिक संरचना, खराब जीवनशैली तथा स्वास्थ्य सचेतनाका कमीले नसर्ने रोग, जीवनशैली रोग तथा संक्रामक रोगहरुमा बढोत्तरी भईरहेको अस्पतालको बार्षीक प्रतिवेदनले औल्याएको छ।

सहकर्मी तथा सहपाठीलाई नै स्वास्थ्य परामर्शदाता बनाउन नेपाल स्वास्थ्य समाजको प्राविधिक सहयोगमा केन्द्रिय कारागार अस्पतालले डिल्लीबजार, नख्खु, महिला, भद्र तथा केन्दीय सुधार गृहका अस्पताल नाईके, सह नाईके तथा स्वच्छ आचरण भएका र सहयोगी मन भएका करिब ९५ जनालाई दौतरी शिक्षाको तालिम प्रदान गरिएको हो।

डिल्लीबजार, नख्खु र केन्द्रिय सुधार गृहमा सञ्चालित उक्त साथी शिक्षा कार्यक्रममा सहभागीलाई प्रमाणपत्र, ट्रयाकसुट वितरण गरिएको थियो।त्यसैगरी आजै केहि हप्तादेखि अस्पतालमा आउने बिरामीको संख्यामा अधिकतम बिरामी आँखा पाक्ने, ज्वरो र मानसिक समस्याका देखिएकाले उक्त बिषयमा अभिमुखीकरण सञ्चालन गरिएको थियो।

कार्यक्रममा काठमाण्डौ मेडिकल कलेजकी आँखारोग बिशेषज्ञ प्राडा सबिना श्रेष्ठले पछिल्लो समय महामारीको रुपमा फैलिएको कन्जगंटिभाईटिसको लक्षण, उपचार तथा रोकथामका बारेमा बताएकी थिइन्।

मानसिक अस्पतालका बरिष्ठ मानसिक चिकित्सक डा. बासुदेब कार्कीले मानसिक स्वास्थ्यको परिचय, अवस्था, आत्महत्या, सरकारका पहल तथा रोकथामका बारेमा प्रस्तुतीकरण दिएका थिए।

हालै महामारीको रुपमा फैलिईरहेको डेंगु रोगको रोकथामका लागि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट एडभोकेसी कार्यक्रमका साथ निर्देशक डा. रुद्र मरासिनीले जोखिम समुहमा रहेका बिरामी कैदीबन्दीका लागी ३ सय किटनाशक झुल केन्द्रिय अस्पताललाई हस्तान्तरण गरेका थिए।

अस्पतालका निर्देशक डा.बुढाथोकीले उपलब्ध किटनाशक झुल अस्पतालका भर्नारत बिरामी, केन्द्रिय सुधार गृह, भद्र सुधार गृह, महिला सुधार गृह,नख्खु र डिल्लीबजार सुधारगृहमा रहेका जेष्ठ नागरिक तथा जोखिममा रहेका बिरामीलाई वितरण गरिने बताए।

 

सम्बन्धित शिर्षक :