स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालमा नव नियुक्त मेडिकल सुपरिटेन्डेन्ट एवम् पदस्थापना हुने डाक्टर साथै स्वास्थ्यकर्मीहरूलाई बधाई र शुभकामना प्रदान कार्यक्रम गरिएको छ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल लुम्बिनीकोे आयोजनामा बधाई र शुभकामना कार्यक्रम गरिएको हो।
राष्ट्रिय स्वास्थ्यकमी महासंघ,नेपाल लुम्बिनीका अध्यक्ष चिन्तामणि ज्ञाबलीको अध्यक्षता राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रिय सचिब तथा प्रदेश ईन्चाज खगराज पोखरेलको प्रमुख आतित्यमा भएको बधाई र शुभकामना कार्यक्रम वोल्दै नव नियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा शुदर्शन थापाले लुम्बिनी प्रादशिक अस्पतालको मुहार फेर्ने गरि काम गर्ने बताउनु भएको छ।
उहाले अस्पतालमा अहिले मुख्य समस्याका रुपमा बिमा, ईर्मेजेन्सी लगायका सेवा सुर्धानु पर्ने बताउनु भयो । अस्पताल मा कर्मचारी दैनीक खटेर सेवा दिएको भएपनि ब्यबस्थापन पक्षमा केही फितलो भएकोले अब सुर्धाने बताउनु भयो । कर्मचारीको भाबना अनुसार काम गर्ने बताउदै कर्मचारीको सेवा सुबिधालाई कुनै तरिकाले कमिनहुने तरिकाले अघि बढने बताउनु भयो ।
अर्काे राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रादेशिक अस्पताल निजामति कर्मचारीका अध्यक्ष सिता खनालले आस्था का आधारमा कर्मचारीलाई जिम्मेबारी बिहीन बनाउने ,अस्पतालमा आउने हाजीर गर्ने र घर जाने,ईएचएस सेवामा लिने बिरामीलाई सेवा भन्दा आर्थिक भार बढाउने,सुरक्षितमातृत्व सेवाबाट आउने भत्ताको ब्यबस्थापन गर्नु पर्ने बताउनु भयो।
प्रमुख अतिथी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रिय सचिब तथा प्रदेश ईन्चार्ज खगराज पोखरेलले आफनो संगठनले आस्थाका आधारमा भन्दापनि योग्यता र क्षमताका आधारमा मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेको बताउनु भयो।
उहाले अस्पतालमा आबश्यक परे सबै क्षेत्रमा सहयोग गर्ने बताउनु भयो। पोखरेलले अहिले सरकारले १९३ जना स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत गर्न सुझाब दिएको बताउदै स्वास्थ्यकर्मीको सेवा सुबिधा र समस्या प्रति सधै साथ र सहयोग रहने बताउनु भयो। संघियता लागु पछि सबैकुरा संघको भर पर्न नहुने बताउनु भयो।
बधाई र शुभकामना कार्यक्रम बोल्दै राष्ट्रिय स्वास्थ्यकमी महासंघ,नेपाल लुम्बिनीका अध्यक्ष चिन्तामणि ज्ञाबलीले डाक्टर तथा स्वास्थ्यकर्मिहरुले राजनितिलाई पहिलो काम भन्दा सेवा लाई पहिलो बनाउनु पर्ने बताउनु भयो।
उहाले नेतृत्वकर्ताले जबाफदेहिता पारदर्शिता र निष्पक्षता तरिकाले कामगर्नु पर्ने बताउनु भयो। उहाले सरुवा बढुवा मा राजनिति नभई क्षमताका आधारमा गरिएकोले कसैको आस्था तर्फ आफहरु नगएको बताउनु भयो।
कार्यक्रममा डा बिस्नु गौतम, डा सुरेश थापा डा बिबि राउत प्रशासन प्रमुख राजन केसी र रुपलाल पन्थीलाई सम्मान गरिएको थियो ।
केन्द्रीय सल्लाहकार भास्कर आत्रेय जिबलाल भुसाल निजामती कर्मचारी संगठन प्रदेश सचिब नेत्र प्रसाद आर्चाय, जिल्ला अध्यक्ष रामेश्वर ढकाल उपाध्यक्ष हरी केसी, राम प्रसाद अर्याल लगाएतको सहभागी रहेको कार्यक्रमको स्वागत सुशिल ढकाल र संञ्चालन सिता खनालले गर्नु भएको थियो।
प्रतिकया दिनुहोस्