निर्वाचनमा रगत अभाव नहोस भनेर युवाहरुद्धारा रक्तदान, ६१ युनिट रगत सङ्कलन

स्वास्थ्यसमाचार/ आसन्न चुनाबलाई मध्यनजर गरि गोर्खाली युवा सशक्तीकरण सस्था र वीर गोर्खाली अभियानले संयुक्त रुपमा रक्तदान गरेका छन।

आज बुटबलमा उनीहरुले ६१ युनीट रगत संकलन गरेका हुन । बिर गोर्खाली अभियान रुपन्देहीका संयोजक चिरन क्षेत्रीका अनुसार अहिलेको परिस्थिति लाई मध्यानजर गर्दै अपर्झट आइपर्ने विपत लाई केहि हद सम्म भए पनि न्यूनीकरण गर्न र रगतको अभावको कारण कसैको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरेको बिर गोर्खाली अभियान संञ्चालन गरिएको बताए।

उक्त कार्यक्रममा ६१ युनीट रगत संकलन भएको सस्थाका अध्यक्ष भरत पुरी ले बताए । समाजिक अभियान्ता ईश्वर मल्ल ठकुरी लगायत सम्पुर्ण रक्तदाता हरुलाई धन्यवाद दिदै कार्यक्रम संञ्चालक केशब खनाल ले गरेको स्वास्थ्यकर्मि भरत जंग केसीले वताए ।

सम्बन्धित शिर्षक :