नेपाल सरकारले ‘फ्रेबअरी’ महिनालाई आयाेडीनको महिनाको रूपमा हरेक वर्ष मनाउदै आईरहेको छ। नेपालमा आयाेडीन कार्यक्रमको सुरुवात १९६० को दशक देखि नै एक जनस्वास्थ्य समस्याका रुपमा रहिआएको र यस समस्याले गर्दा, नेपाल ६ दशकसम्म आइपुग्दा पनि आयाेडीनको कमीले हुने विकृतिहरु जस्तैः गलगाँड, शारीरिक र मानसिक र क्रेटिनिज्म भनिने लाटो लठ्यौरोपन कहि कदा देखिइरहेको छ।
आयोडिनको कमीले हुने विकृति बारे हरेक नागरिकमा आयोडिनको बारेमा सचेतना फैलाउने महिनाका रुपमा २०२२ फेब्रुअरी महिनालाई नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाईने कार्यक्रम रहेकाले तिलोत्तमा नगरपालिकामा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि आमनागरिकतामा आयोडिन महिनाबारे थप जानकारी होस भन्ने हेतुले आयोडिन महिना मनाईदै छ ।
हामीलाई दैनिक मात्रामा चाहिने आयोडिन ० देखि ५९ महिनाका बालबालिकामा ९० माइक्रो ग्राम ६ देखि १२ वर्षका बालबालिकालाई १२० माइक्रोग्राम गर्भवती र सुत्केरीलाई २५० माइक्रोग्राम यो मात्रा वयस्कलाई १५० माइक्रोग्राम भएता पनि अझै पूरा मात्रामा आपुर्ति गर्न सकिएको छैन!
आयाेडीनको कमीले हुने समस्या समाधानका लागि सन् १९७३ देखि मानिस तथा जनावरले खाने नूनमा आयाेडीन मिसाएर विक्री वितरण गरिने युनिभर्सल साल्ट आयोडाइजेशनको कार्यक्रम ल्यायो १९७९ देखि सन् १९९८ सम्म कण्ठरोग तथा क्रटिनिज्म नियन्त्रण आयोजना संचालन गरियो र आयाेडीनको कमीको समस्या भोगिरहेका दुर्गम क्षेत्रमा बसोबास गर्ने लक्षित समूहमा आयाेडीनयुक्त तेलको क्याप्सुल र आयाेडीनयुक्त इन्जेक्शन दिने कार्य गरिएको थियो।
दीर्घकालिन रणनीति अनुसार नेपाल सरकारले साथै, सन् १९९९ मा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सही मात्रामा आयाेडीन भएको नूनको लागि प्रमाणिकरण चिन्ह “दुई बालबालिकाको चिन्ह’ सामाजिक बजारीकरण अभियान अन्तर्गत जारी गर्यो । नेपाल सरकारले सन् २००० पछिको दशकहरुमा सामाजिक बजारीकरण अभियान अन्तर्गत राष्ट्रव्यापि रुपमा आयाेडीनयुक्त नूनको व्यापक प्रचार प्रसार गर्यो । सन् १९९८ पश्चात यो कार्यक्रम नै नेपाल सरकारको आयाेडीनको कमीले हुने विकृति नियन्त्रणका लागि एक मात्र महत्वपूर्ण कार्यक्रम हो।
नेपालले आयाेडीनको कमीले हुने विकृति नियन्त्रण गर्नका लागि सन् १९७३ देखि लिएका नीति तथा रणनीतिहरुको परिणाम स्वरुप हाल नेपालमा आयाेडीनको कमीको स्थितिमा निकै सुधार आएको छ । सन् २०१६ मा गरिएको नेपाल नेसनल माइक्रोन्युट्रिन्ट स्टाटस सर्भेक्षणका अनुसार यो कार्यक्रमको सफलताले गर्दा नेपालका ९० प्रतिशत भन्दा बढी घरपरिवारले आयाेडीनयुक्त नून खाइरहेका छन् ।
विद्यालय जाने ६ देखि ९ वर्ष उमेर समूहका बालबालिकाहरु र १५ देखि ४९ वर्षका महिला तथा गर्भवतीहरुको पिशाबमा निष्काशन हुने आयाेडीनको मात्रा कमशः ३१४ माइक्रोग्राम प्रति लिटर, २८६ माइक्रोग्नाम प्रति लिटर र २४१ माइक्रोग्राम प्रति लिटर देखिएको हुनुले पनि यी उमेर समूहका मानिसहरुमा आयाेडीनको कमी नभएको देखाएको छ ।हाम्रो शरिरमा कम भएमा आयाेडीनको कमीले गर्दा हुने विकृतिहरु जस्तैः गलगाँड, शारीरिक र मानसिक रुपले अस्वस्थ त्यसको जटिलताले क्रेटिनिज्म भनिने लाटो लठ्यौरोपन देखिइरहेको हाम्रा उधारण छन् त्यसै गरि।
गर्भवती आमाहरुमा यसको कमी हुँदा उनीहरुको गर्भमा रहेको बच्चा बच्चा तुहिने जस्ता समस्या हुनका साथै उनीहरुबाट जन्मने बालबालिकाको शारिरिक र मानसिक विकासमा पनि नराम्रो प्रभाव पर्न जाने हुनाले आयोडिन नुन प्रयोगको महत्त्व रहेको हो । यसको मुख्य कारण नेपालमा उत्पादन हुने खाद्य पर्दाथमा आयाेडीनको तत्व नरहनु र नपाउनु र नखोज्नु पनि हो ।
आयाेडीन मानव , वृद्धि र विकास प्रक्रिया र सञ्चालन गर्नका लागि अति आवश्यक एक खनिजको शुष्म पोषक तत्वको रूपमा लिईन्छ । आयोडिन मानिसलाई दैनिक रुपमा थोरै मात्रामा चाहिने तर नभइ नहुने पोषक तत्व भएकाले दैनिक रूपमा प्रयोग होस भन्ने हेतुले नुनमा समिश्रण गरिएको हो। त्यसैले यसलाई सुक्ष्म पोषक तत्व भनिन्छ । यो सूक्ष्म पोषक तत्व मानिसको शरिरमा थाइरोइड हर्माेनहरु उत्पादन गर्नका लागि महत्त्वपूर्ण भुमिका रहेको र,जसको मुख्य कार्य मानिसले खाएको खानालाई शरीरमा शोषण कार्य सँगै मेटाबोलिजम प्रणालीबाट शरीरलाई शक्ति प्रदान गर्नु पनि हो ।
आयाेडीन अन्य पोषक तत्वहरु जस्तै मानिसको शरीरमा उपयुक्त सन्तुलित चार तत्वको मात्रा कम भएमा आयाेडीनको कमीले हुने विकृतिहरु हुन्छ भने, यसको मात्रा बढी भएमा शरीरमा नकारात्मक असर पर्न गई हाइपरथाइरोइडिज्म र अटोइम्युन थाइरोइड रोग जस्ता समस्या देखिन सक्छ ।
विश्व स्वास्थ्य संगठनले कुनै पनि देशमा आयाेडीनको कमीको समस्या छैन भन्नका लागि त्यस देशका जनताको पिशाबमा निष्काशन हुने आयाेडीनको मात्राको निर्धारित विन्दु १०० माइक्रोग्राम प्रति लिटर भन्दा बढी हुनपर्ने भनी तोकेको छ भने कम्तिमा ९० प्रतिशत घरपरीवारले उपयुक्त मात्रामा आयाेडीन भएको नून (आयाेडीनको मात्रा १५ पि.पि.एम. भन्दा बढी भएको) खाएको हुनुपर्ने भनेको छ । यी तथ्यांकले यी दुवै सूचकमा नेपालले प्रगति गरेको देखाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसालै गरेको नसर्ने रोगको जोखिम कारक हेर्ने स्टेप सर्भेक्षण २०१९ को अनुसार नेपालीहरुले औसत रुपले ९.१ ग्राम प्रति व्यक्ति प्रतिदिनका रुपले खाइरहेका छन् । यसरी बढी नून खानाले एकतर्फ नसर्ने रोगको जोखिम बढी रहेको छ भने आयाेडीनको मात्रा पनि आवश्यकता भन्दा बढी खाइरहेका छन् ।नेपाल सरकारले आयाेडीनको कमीले हुने विकृतिहरु नियन्त्रणका लागि दुई बालबालिका चिन्ह भएको पाकेटको नूनमा उत्पादन स्थलमा कम्तिमा ५० माइक्रोग्राम आयाेडीन प्रति ग्राम खानेनूनमा मिसाउने व्यवस्था मिलाएको छ ।
आयाेडीन भएको नून खाने प्रचलनमा कमी आएमा आयाेडीनको कमीले हुने विकृति पूनः जनस्वास्थ्यको समस्याको रुपमा देखिन सक्ने भएकाले त्यसैले, नेपालमा आयाेडी नयुक्त नून खाने व्यवहारमा आएको परिवर्तनलाई दिगो रुपले कायम राख्न जरुरी छ ।यस वर्ष पनि कोभिड १९ को महामारी के बीचमा पनि सामाजिक दूरी, मास्कको प्रयोग र साबुन पानीले हात धुने र जन स्वास्थ्यका मापदण्डको अभ्यासलाई कायम राख्दै यो आयाेडीनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिना “ फेब्रुअरी” मनाइरहेको हो ।
भन्ने मुल सन्देश सबै आम नागरिकमा पुग्न सकोस आयोडिन शरीरलाई दैनिक रुपमा नभई नहुने सुक्ष्म पोषक तत्व रहेकाले आवश्यक मात्रामा आयोडिनको प्रयोग गर्ने तथा आयोडिनकाे कमीबाट हुने स्वास्थ्य बिकृति समस्याको उपचारमा जटिल हुने भएकाले यसबाट हुने जटिलता र बिकृतिको समधानका लागि दुई बालबालिका चिन्ह भएकोआयाेडीनयुक्त्त नुन प्रयोग गर्न तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको सबैमा हार्दिक अनुरोध छ !!!
“नून थोरै खाऔ आयोडिनयुक्त खाऔं !
अनूरोधक :मोति पाैडेल, जनस्वास्थ्य अधिकृत, तिलोत्तमा नगरपालिका, रुपन्देही
प्रतिकया दिनुहोस्