शुद्दोधनमा स्वास्थ बिमा सम्बन्धि अभिमुखिकरण

स्वास्थ्यसमाचार १८ असार नेपाल सरकार स्वास्थ बिमा बोर्ड टेकु काठमाडौको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि एवं सरोकारवाला हरुको लागी स्वास्थ बिमा बिषयक अभिमुखिकरण कार्यक्रम रुपन्देहीको शुद्दोधन गाउपालिका मानपकडिमा सम्पन्न भयो।

स्वास्थ्य बिमा लागुहुनुभन्दा पहिले पुर्ब तयारीको अनुसार स्थानिय गाउँपालिका जनप्रतिनिधि स्वास्थ्यकर्मी ब्यापारी संञ्चारकर्मी लगायतलाई बिमाको बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो।बेलैमा स्वास्थ्य बिमा गरौ आफुर परिबार स्वास्थ्य उपचारको लागी ढुक्कहौउ भन्ने उदेस्यका साथ स्थानिय जनप्रतिनिधि स्वास्थ्यकर्मि लगायलाई यो अभिमुखिकरण गरिएको स्वास्थ्य बिमा बोडका तालिम सहजकता राम कुमार श्रेष्ठले बताए । उनले रुपन्देहीका १६ बटै पालिकाम यो अभिमुखिकरण गरिएको बताए ।

कार्यक्रमको सहजीकरण,पिताम्बर पाठक ,सुस्मिता थापा लगायतले सहजीकरण गरेका थिए ।शुद्दोधन गाउपालिका उपाध्यक्ष शान्ता देवि ज्ञवालिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउपालिका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने स्वास्थ्य बिमाले उपचारमा सहज हुने बताए। कार्यक्रममा नेकपा शुद्दोधनका अध्यक्ष नर बहादुर घर्ती शुद्धोधन गाउ पालिका स्वास्थ्य सहसंयोजक प्रेम सुवेदी लगायतले बोलेका थिए ।

सम्बन्धित शिर्षक :