रोहिणी गाउँपालिकाद्धारा भिम अस्पताललाई ५ लाख रुपैया सहयोग

जनशक्ति र अक्सिजनमा अत्याधिक खर्च भएकोले केहि राहत हुने मेसु डा गुप्ता

स्वास्थ्यसमाचार/  रोहिणी गाउँपालिकाले जिल्लाको सरकारी अस्पताल भिम अस्पताललाई ५ लाख रुपैया सहयोग गरेको छ । रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले ५ लाख रुपैयाको चेक भिम अस्पतालका मेडिकल सुपरिडेन्टेन डाक्टर शकुन्तला गुप्तालाई प्रदान गरेका छन् ।

चेक बुझ्दै मेसु गुप्ताले अहिले अस्पताललाई स्थानिय तह लगायत अन्य संघ संस्थाहरुका सहयोग आवश्यक रहेको बताईन । कोभिडको यो महामारीको समयमा अहिले जनशक्ति र अक्सिजनमा अत्याधिक खर्च रहेको बताईन ।

उनले समयमै सरकारी बजेट आई नपुग्दा अक्सिजनको रकम बुझाउन समेत अप्ठ्यारो भई रहेको बताईन । यस्तो अवश्थामा रोहिणी गाउँपालिकाको यो सहयोग अति महत्वपूर्ण रहेको बताईन । उनले माथीबाट बजेट आई पुगे पनि सो रकमलाई अन्य शिर्षकमा खर्च गर्न सक्ने बताईन ।

अहिले सम्म रोहिणी गाउँपालिका बाहेक सम्मरीमाई गाउँपालिकाले पनि ३ लाख रुपैया सहयोग गरेको जानकारी दिईन ।चेक प्रदान गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जिल्ला स्थित सरकारी अस्पतालको संरक्षण गर्नु रुपन्देहीको सबै स्थानिय तहहरुको समान दायित्व रहेको बताए ।

उनले सरकारी अस्पताललमा कुनै एक पालिकाको मात्र नभई सबै पालिकाका बिरामी उपचार पाउने भएकोले यसको संरक्षणमा सबैका दायित्व हुनु पर्ने जिकिर गरे । उनले रोहिणी गाउँपालिकाले निर्णय नै गरेर अस्पताललाई सहयोग गरेको बताए । “यसले अरु पालिकाहरुलाई पनि भिम अस्पताल प्रतिको दायित्व बोध गराउने काम गर्दछ ।” उनले भने “ अहिले आवश्यक परेको समयमा सहयोग नगरे कहिले गर्ने ?”

सहयोग प्रदान गर्ने क्रममा गाउँपालिका अध्यक्ष यादवले अस्पतालमा रहेका रोहिणी गाउँपालिकाका बिरामीका साथै अन्य बिरामीहरुलाई भेटेर उनिहरुलाई आश्वासन दिएका थिए ।रुपन्देही जिल्लाका सरकारी अस्पतालको रुपमा रहेको भैरहवा स्थित भिम अस्पतालमा अहिले रुपन्देही जिल्लाका सबै पालिकाका मात्र नभई अन्य जिल्लाका पनि कोभिडका बिरामीहरुको उपचार भई रहेको छ ।

अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर शकुन्तला गुप्ताले अहिले भिम अस्पतालमा ८१ जना सम्म कोभिडकै बिरामी रहेको र सबै जना अक्सिजनमा रहेको जानकारी दिईन ।

सम्बन्धित शिर्षक :