रुपन्देहीमा ५ सय ७५ निको ३ सय ९४ नयाँ संक्रमित ६ को मृत्यु

स्वास्थ्यसमाचार/  रुपन्देहीमा ६ सय ८ नमुना परीक्षण गर्दा ३ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । १३ सय २५ एन्टिजेन परीक्षण गर्दा ३ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो । रुपन्देहीमा बिगत २ दिन देखी संक्रमितको संख्या घट्दै गएको देखीएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार बुटवल उपमहानगरमा १ सय ६६ जना, तिलोत्तमामा ८६ जना, सिद्धार्थनगरमा ४१, सैनामैनामा ३२, देवदहमा २१ जना तथा कञ्जनमा १२ जनामा संक्रमण पुष्टि भएको छ । ओमसतिया गाउँपालिकामा १० पुरुष, कन्चन गाउँपालिकामा ६ महिला र ६ पुरुष गरि १२ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

मायादेवी गाउँपालिकामा २ जना महिला र ३ जना पुरुष गरि ५ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ महिला र ३ जना पुरुष गरि ४ जना, शुद्धोधन गाउँपालिकामा १ जना महिला र गैडहवा गाउँपालिकामा २ जना महिला र १ जना पुरुष गरि ३ जना, रोहिणी गाउँपालिकामा ४ महिला र ४ जना पुरुष गरि ८ जना र कोटहीमाई गाउँपालिकामा २ जना पुरुष संक्रमित भेटीएको जिल्ला स्वास्थ्य प्रमुख डा. गिरीले बताए । रुपन्देहीका २ पालिका मर्चवारी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा भने संक्रमितको संख्या शून्य देखिएको छ ।

रुपन्देहीमा सक्रिय संक्रमित ३ सय ३० जना लक्षणसहितका छन् उनिहरुको बिभिन्न पालिकामा रहेको आईसोलेसन सेन्टरमा उपचार भई रहेको छ भने ६ हजार ५ सय ८४ जना होम आईसोलेसनमै छन् ।जिल्लामा २४ घण्टाकै अवधीमा ६ जनाको मृत्यु भएको छ भने सोही अवधीमा ५ सय ७५ जना संक्रमण मुक्त भएका भएको डा. गिरीले बताए ।

 

सम्बन्धित शिर्षक :