मायादेवी गाउँपालिकामा खुल्यो आधारभूत स्वास्थ्य केन्द्र

स्वास्थ्यसमाचार/ रुपन्देहीको मायादेवी गाउँपालिकाले को पिपरहवामा आधारभुत स्वास्थ्य केन्द्रको गाउँपालिका अध्यक्ष धुर्ब नारायण चौधरीले उदघाटन गरे ।

उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष धुर्ब नारायण चौधरीले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा दिन स्वास्थ्य संस्था खोलीएको बताउदै पालिकाले जनाताको स्वास्थ्यलाई उच्च प्राथामिकता राखेको काम अघि बढाएको बताए।

उनले गाउँपालिकाका सबै वडामा सरकारको निति अनुसार स्वास्थ्य चौकी बनाउने वताउदै अहिले गाउँपालिकाको वडा नं २ पिपरहवामा आधारभुत स्वास्थ्य केन्द्रको सुरु गरिएको बताए ।

वडा नं ४का अध्यक्ष राम नारायण थारुको अध्यक्षमा भएको कार्यक्रममा कमरीया स्वास्थ्य चौकी प्रमुख प्रमुनी चौधरीले समाजसेवी रामप्रसाद लोध लगायले बोल्दै जनताको स्वास्थ्य प्रति गाउँपालिका गम्भीर भएरका लागेको बताए ।

उनीहरुले स्थानिय सरकार आएपछि सबै सेवा घर घरमा पुराउने उदेश्यका साथ काम बढाएको प्रति खुसी ब्यक्त गरे ।कार्यक्रम स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेय र अधारभुत स्वास्थ्यका प्रमुख सुरेश कुमार चौधरीले लगायले बोलेका थिए ।

सम्बन्धित शिर्षक :