उत्कृष्ट कार्य सम्पादनमा जिल्ला स्वास्थ्य कार्यालय प्युठान प्रथम

गुल्मी दोश्रो, रुपन्देही तेश्रो र स्वास्थ्य कार्यालय नवलपरासी चौथो स्थानमा

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका १२ वटा स्वास्थ्य कार्यालयहरु मध्य आर्थिक बर्ष २०७६/७७ मा उत्कृष्ट कार्य सम्पादन गरि प्युठान प्रथम भएको छ ।

त्यस्तै उत्कृष्ट कार्य सम्पादनमा गुल्मी दोश्रो, रुपन्देही तेश्रो र स्वास्थ्य कार्यालय नवलपरासी चौथो स्थानमा रहेका छन् । स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठीमा सो मुल्याकन गरिएको हो ।

लुम्बिनी प्रदेश सामाजीक बिकास मन्त्री शुदर्शन बरालले स्वास्थ्य प्युठानका स्वास्थ्य प्रमुख बिशाल सुबेदीलाई सम्मान पत्रले सम्मान गरे । कार्यक्रममा स्वास्थ्य निर्देशक डा. बिनोद कुमार गिरी समाजीक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमा शंकर चौधरी १२ जिल्लाका जनस्वास्थ्य प्रमुख लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित शिर्षक :