रुपन्देही र पाल्पामा लकडाउनको मोडालिटी परिवर्तन हुने

स्वास्थ्यसमाचार/ कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि जारी गरिएको लकडाउनको मोडालिटी परिवर्तन गरिने भएको छ ।रुपन्देहीमा शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र को बैठकले लकडाउनको मोडालिटी परिवर्तन गरि खुकुलो बनाउने निर्णय गरेको हो।

२० गते रातीसम्म लकडाउनकै अवधि रहेकोले नयाँ मोडालिटी सहितको निर्णय भोलि नै गरिने रुपन्देहीका प्रजिअ माहादेव पन्तले बताए । जिल्लाका उद्योग वाणिज्य संघहरुले व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन प्रशासनलाई बारम्बार आग्रह गर्दे आएका थिए भने लकडाउन को स्वरुप परिर्वतन नभए लकडाउन अवज्ञा गर्ने चेतावनी दिएका थिए ।

भाद्र २ देखी ७ पुन ७ देखी १४ र पछि थप गरि २० गते सम्म लकडाउन गरेको थियो । उता पाल्पामा पनि जिल्ला प्रशासन कार्यालय पाल्पाले जनजीवन तथा विकास निर्माणका काममा परेको प्रभावलाई मध्यनजर गरी लकडा लाई खुकुलो बनाउने भएको छ ।

जिल्लामा सीसीएमसीको बैठकले भोलिबाट जनस्वास्थ्य र सुरक्षाका तोकिएका मापदण्डहरु अपनाई जिल्ला भित्र यातायात सञ्चालन गर्ने, पसल तथा व्यापार व्यवसायहरु, बैंक तथा वित्तीय संस्था र उद्योग सञ्चालनमा ल्याउन दिने भएको छ ।

बैठकले नीजि तथा सरकारी सवारी साधनहरुलाई बेलुकी ७ बजेदेखि बिहान ५ बकजेसम्म चलाउन रोक लगाएको छ भने स्वास्थ्य सामग्रीसँग सम्बन्धित बाहेकका पसलहरु बेलुकी ५ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न रोक लगाईएको छ ।

जिल्ला बाहिरबाट आउने व्यक्तिहरुको लाई अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने तथा उद्योग र निमार्ण कार्यका संलग्न कामदार कार्यस्थल भित्र मात्र रहने गरि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको छ । प्रशासनको नयाँव्यवस्थासँगै जिल्लामा सबै प्रकारका विकास आयोजना र निमार्णका कार्यहरु सञ्चालनमा आउने भएका छन् ।

जिल्लामा शैक्षिक संस्था, सिनेमा हल, होटल, सार्वजनिक तथा भाडाका सवारीसाधन सञ्चालनमा भने रोक लगाईएको छ प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेद्वारा जारी विज्ञेप्तीमा उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षक :