स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ ले सुरु गर्‍यो प्लाज्मा बैंक अभियान

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ ले प्लाज्मा बैंकको अभियान सुरु गरेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश ५ को समन्वयनमा कपिलवस्तु अस्पताल तौलिहवामा नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु र रुपन्देही शाखाको सहकार्यमा उक्त अभियान सुरु भएको हो।

अभियानमा संक्रमण मुक्त भएका व्यक्तिहरुबाट अस्पतालका कर्मचारीहरुले प्लाज्मा थेरापीको लागि लागि १७ पिन्ट रगत संकलन भएको कन्भ्यालिसेन्ट प्लाज्मा उपचारका कोअर्डिनेटर डा सम्राट पराजुलीले वताए ।

कोभिड उपचारमा सहज बनाउने उद्देश्यले उक्त अभियान सुरु गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश संयोजक डा प्रशान्त आचार्य ले बताए ।

उक्त रगत लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोभिड अस्पतालमा रहेका गम्भीर संक्रमितको प्लाज्मा थेरापीमा प्रयोग हुने डा आचार्यले बताए ।

अहिले रगत अभाव भएको कारण उचित समयमा प्लाज्मा थेरापी सुरु गर्न गाह्रो भइरहेको बेला यस्तो अभियानले सहज हुने भएकोले आममानिसमा जनचेतना फैलाउने आवश्यक भएको कन्भ्यालिसेन्ट प्लाज्मा उपचारका कोअर्डिनेटर डा सम्राट पराजुलीले वताए ।

उपचारमा प्लाज्मा अभाव हुन नदिन यसले सहयोग पु¥याउने र रगतबाट प्लाज्मा तयार गरी बुटवल ब्लड बैंकमा राखी एक वर्षसम्म प्रयोग गर्न सकिने लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन फिजिसियन डा सुदर्शन थापाले वताए ।

कपिलवस्तु अस्पतालका मेसु डा किशोर बन्जाडेले हामी स्वास्थ्यकर्मीहरु यो महामारीको सामना गर्दै गर्दा आफू नै पोजिटिभ भइयो हाम्रोहर प्रायस विरीमा लागि बचाउने हो तर हाम्रो समाजले हामीलाई हेर्न दिष्ट्रिकोडमा परिवर्त्तन आउन जरूरी छ। हामीले दिएको रगतबाट कोरोना संक्रमित बिरीमीको ज्यान बचोस भन्ने उदेश्यले गरिएको कामको सुभकामना ब्यक्त गरे ।

सम्बन्धित शिर्षक :