बुटवलको कोरोना अस्पतालमा बिरामीलाई औषधी पुर्याउन ‘सिस्टर रोबोट’ प्रयोग गरिने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालले संञ्चालन गरेको बुटवलको कोरोना विशेष अस्पताल धागोकारखानामा विरामीलाई औषधी पुर्याउन सिस्टर रोबोट प्रयोग गरिने भएको छ ।

त्यसकालागि युएनडिपीले रोबोट उपलब्ध गराएको छ । युएनडिपिका प्रदेश संयोजक सुदीप अर्याल र प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा. गोपिकृष्ण खनालले रोबोट बुधबार अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापालाई हस्तान्तरण गरे ।

कोरोनाका लक्षण देखिएका तथा सिकिस्त भएका र आइसीयुमा राख्नु पर्ने बिरामी यस अस्पतालमा छन् । संक्रमीतसंग हेलमेल भइराख्नुपर्ने नर्शको सुबिधा र उनीहरुलाई संक्रमणबाट जोगाउन रोबोट उपलब्ध गराएको युएनडिपिका प्रदेश संयोजक सुदिप अर्यालले बताए।

२ लाख लागतको रोबोट रोबिक एसोसिएसन नेपालले तयार गरेको हो । एसोसिएसनका अध्यक्ष विकास गुरुड.का अनुसार रिमोटको कन्ट्रोलबाट चल्ने रोबोटले औषधी, खानेकुरा, लुगा विरामीसम्म पुर्याउन सक्छ । रोबोटमा भिडियोबाट ५ सय मिटर परसम्मको भिडियो लिन सकिन्छ । भिडियो क्यामेराका माध्यमबाट बिरामीसग लाइभ हेर्र्न सकिन्छ ।

ट्याब्लेट प्रयोग गरिएकाले नर्श र विरामीबीच कुरा गर्न सकिन्छ । विरामीको नर्सले बिरामीलाई गर्ने हेरचाह रोबोटले गर्ने भएकाले त्यसको नाम सिष्टर रोबोट नाम राखिएको हो । युएनडिपीले काठमाडौंको टेकु अस्पतालमा पनि सिष्टर रोबोट उपलब्ध गराएको छ ।

कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले सिष्टर रोबोटले नर्सहरुलाई कोरोना संक्रमणको जोखीमबाट बचाउन सहयोग पुग्ने बताए । केही व्यवस्थापनका काम गरेर रोबोट प्रयोगमा ल्याउने डा थापाले बताईन ।

सम्बन्धित शिर्षक :