कोरोना संक्रमण बढेपछि प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्दै

स्वास्थ्यसमाचार/ पछिल्ला दिनहरुमा काठमाडौ उपत्यकालगायत देशैभर कोरोनाको संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्वास्थ्यका विज्ञहरुसँग नियन्त्रणका उपायबारे छलफल गर्ने भएका छन ।

मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले संक्रमण नियन्त्रणको उपायबारे विज्ञहरुसँग छलफल गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेपालमा लकडाउन खुकुलो पारेसँगै कोरोना संक्रमण र संक्रमितको मृत्युदर बढ्दै गएपछि प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथामको जिम्मेवारी लिएका मन्त्रालय र निकायमा मन्त्री तथा विज्ञ र जनस्वास्थ्य विज्ञहरुसँग छलफल गर्न लागेका हुन ।
स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव, स्वास्थ्य मन्त्रालयका विज्ञहरु, सीसीएमसीका अध्यक्ष, सचिव र अन्य विज्ञहरुसँग प्रधानमन्त्रीले आज छलफल गर्ने कार्यक्रम रहेको छ ।

पछिल्लो समय लकडाउन खुलेसँगै संक्रमण फैलिएको मृत्युदर बढेको भन्दै जनस्वास्थ्य विज्ञहरुले फेरि लकडाउन गर्नुपर्ने सुझाव समेत दिन थालेका छन् । साथै राजधानीमा पुनः सवारी साधननमा जोरविजोर प्रणाली लागू गर्न पनि जनस्वास्थ्यले सरकारलाई सुझाव दिएको छ ।

सम्बन्धित शिर्षक :