दुई साता लकडाउन गर्न सरकारलाई विज्ञहरुले सुझाव

स्वास्थ्यसमाचार/ फेरी दुई साता लकडाउन गर्न सरकारलाई विज्ञहरुले सुझाव दिएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कोरोना फैलिन नदिनकोलागि दुई साता लकडाउन गर्न सुझाव दिएका हुन् ।

विज्ञहरुले दिएको उक्त सुझाव प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको बताइएको छ । कोरोना संक्रमित दर बढ्दै गएपछि आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्ष दलका नेता सहित विज्ञहरुसंग भावि रणनीतिका बारेमा छलफल गरेका हुन् ।

उक्त छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतको सहभागित रहेको थियो ।

सम्बन्धित शिर्षक :