सन्तुलित जीवनशैलीको प्रभाव मजबूद यौन इच्छा

स्वास्थ्यसमाचार/मानिस जवान वा परिपक्व भएपछि पुरुष हुन् वा महिला, यौनक्रियामा संलग्न हुन लालायित हुने गर्छन् । यसो हुनु स्वाभाविक पनि हो ।  शरीरको स्पर्श, नजरको हेराइ, अनि यौनांग घर्षणको चाहना प्रकृतिले नै मानिसको मस्तिष्कमा बीजारोपण गरिदिएको छ । तसर्थ यो विषयलाई स्वच्छ एवं प्राकृतिक तवरले ग्रहण गर्नु नराम्रो होइन, बरु यो त कुण्ठालाई निकास दिने स्वाभाविक मार्ग हो ।

खानपानमा सन्तुलन, जीवनशैलीमा सन्तुलन अनि समग्रमा सन्तुलन कायम गरेर यौन जीवनको भरपूर आनन्द उठाउन सकिन्छ । केही त्यस्ता खानेकुरा छन् जसको सेवनले शिथिल भइसकेको यौनशक्तिलाई पुनःजागृत गर्न सहयोग गर्छ ।

खरबुजा

गर्मी मौसममा पाइने यो फलले यौनशक्ति बढाउन सहयोग गर्छ । खरबुजालाई प्राकृतिक भियाग्रा पनि भनिन्छ, किनभने यसले भियाग्राले जस्तै काम गर्छ र यौनेच्छा तीव्र रूपमा बढाउँछ । खरबुजामा लाइकोपीन, बीटा केरोटीन र सीट्रलाइनजस्ता फाइटोन्युट्रिएन्ट्स पाइन्छन्, जसले रक्तप्रवाहलाई सुचारु गर्न सहयोग गर्छ । खरबुजाको नियमित सेवन गर्नाले कामेच्छा बढ्छ ।

केरा

केरा यौनस्वास्थ्यको लागि उपयुक्त हुन्छ । यसमा पाइने ब्रोमेलिन नामक एन्जाइमले कामेच्छा बढाउन र सेक्स हार्मोन्सलाई नियन्त्रित गर्न सहयोग गर्छ । यसअतिरिक्त केरामा भिटामिन सी, ए र बी १ पर्याप्त मात्रामा पाइन्छ, जसले पुरुषको शरीरमा शुक्राणु उत्पन्न गर्ने क्षमता बढाउँछ ।

हरियो तरकारी

हरियो तरकारीमा यौन इच्छा बढाउने तत्व हुन्छ । हरियो तरकारीमा एमिनोे एसिड प्रशस्त मात्रामा हुन्छ, जुन शरीरमा गएर नाइट्रिक अक्साइडमा परिवर्तित हुन्छ । त्यसले पुरुषहरूको लिंग लामो समयसम्म उत्तेजित बनाइराख्न सहयोग गर्छ ।

हरियो खुर्सानी

हरियो खुर्सानीले खानालाई स्वादिलो मात्र बनाउँदैन, यौनजीवनमा पनि स्वाद बढाउने काम गर्छ । हरियो खुर्सानी सेवन गर्नाले पुरुषको गुप्तांगवरपरका अंगहरूमा रक्त सञ्चार राम्रोसँग हुन्छ र कामोत्तेजना बढ्छ ।

फर्सीको बियाँ

फर्सीको बियाँले महिला तथा पुरुष दुवैको प्रजनन क्षमता बढाउन सहयोग गर्छ । त्यसमा जिंक, क्याल्सियम, पोटासियम र फस्फोरसको साथै भिटामिन सी,बी,डी,ई र के पाइन्छ, जसले कामेच्छा जागृत गर्न सहयोग गर्छ ।

तुलसी

तुलसीको बीउको चूर्ण दूधमा हालेर बिहान बेलुका नियमित खाने गर्नाले यौन दुर्बलता हट्छ । तुलसीलाई प्राचिनकालदेखि यौनवद्र्धक वनस्पति मानिएको छ ।

डार्क चक्लेट

डार्क चक्लेटले कामेच्छा बढाउन मद्दत गर्छ । यसमा एलआर्जिनिन र एमिनो एसिड हुन्छ, जसले यौन चाहनालाई प्राकृतिक तरिकाले बढाउन सहयोग गर्छ ।

अण्डा

अण्डाले प्राकृतिक रूपमा यौन शक्ति बढाउन सहयोग गर्छ । अण्डामा भिटामिन बी ५ र बी ६ हुन्छ, जसले यौन जीवनलाई राम्रो बनाउन सहयोग गर्छ । अण्डामा भएको प्रोटिनले शारीरिक कमजोरी हटाएर शरीरमा नयाँ ऊर्जा थप्ने काम गर्छ ।

स्याउ

अध्ययनका अनुसार दैनिक स्याउ खाँदा स्वस्थ महिलाको यौन क्षमता बढ्छ । स्याउमा पोलिफेनाल्स र एन्टीआक्सिडेन्ट हुने गर्दछ । एस्ट्राडियोल महिला सेक्स हर्मोन हो जसले कामुकता बढाउन सहयोग गर्छ ।

अदुवा

यौन उत्तेजना ल्याउन अदुवा पनि उत्तिकै प्रभावककारी खानेकुरा हो । यसको गन्धले सर्कुलेटरी प्रणालीलाई उत्तेजित बनाई शरिरको हरेक कुनामा रक्त प्रबाह बढाइदिन्छ ।

लसुन

यो खाना प्राचीन कालदेखि नै यौन उत्तेजकको रुपमा लिइन्छ । लसुनमा एलिसिन नाम गरेको तत्व हुन्छ यसले रक्त प्रबाहलाई सुर्धाछ, अत्यधिक सचेत बनाउछ ।

साथै यौनशक्ति वृद्धि गर्न तनावमुक्त रहन सक्यो भने पनि यौनशक्ति बढ्ने गर्दछ । तनावले हाम्रो हृदयगति बढाउँछ, जसका कारण ब्लडप्रेसर पनि बढ्छ । यसको नकारात्मक प्रभाव यौन जीवनमा पनि पर्छ । तनावबाट बच्नका लागि यसलाई मनमा राख्नुभन्दा आफ्नो पार्टनरसँग कुरा गर्नु पर्दछ । शारीरिक व्यायाम लगायतले पनि यौनशक्तिमा वृद्धि हुन्छ ।

पर्याप्त सुत्ने र मोटोपन कम गरेमा यौन कमजोरी हट्दै जाने विज्ञहरुले बताएका छन् । यौनेच्छा बढाउन दैनिक आठ घण्टा सुत्नु आवश्यक हुन्छ । तौल नियन्त्रित राख्नु पर्छ ।–एजेन्सीको सहयोगमा

सम्बन्धित शिर्षक :