लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुविधा अरुक्षेत्रले सिक्ने खालको बनाउँँछु: अध्यक्ष भट्टराई

सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भट्टराई नियुक्त गरेको छ । स्वास्थ्यक्षेत्रमा बिगत १९ बर्षसम्मको अनुभब भएका भट्राई स्वास्थ्य क्षेत्रको अलबा यातयात क्षेत्रमा समेत १० बर्षको अनुभव रहेको छ।

स्पट बक्ताका रुपमा परिचित भट्टराई लुम्बिनी प्रादेशिक अस्पतालमा आएपछि के छन नयाँ योजना अस्पतालको काम सुधार र भावि योजनाका बारे स्वास्थ्य समाचारका लागी चन्द्रकान्त खनालसंग गरेको कुराकानी –

लामो समयदेखि अन्य क्षेत्रमा बिताउनु भएको तपाईंको यात्रा अस्पताल तर्फ कसरी आयो । यो अस्पतालको सुधारमा तपाईंका योजना के के छन ?

म लामो समय संम्म स्वास्थ्य क्षेत्रमै संग्लन रहेको छु बिगत १९ बर्ष भयो चिकित्सक क्षेत्रमा जनशक्ती उत्पादन गर्ने कलेज र १० बर्ष सम्म नर्सिड कलेजमा आबद्ध रहेको रहेर काम गरेको छु । त्यसका अलवा १० बर्ष भन्दा बढी यातयात क्षेत्रमा रहेर काम गरे । अरु संगसंगठन धेरै मा आबद्ध रहेको छु । मलाई सोच आएको भन्दा पनि प्रदेश ५ सरकारले सुर्य बहादुर भट्राईले काम गर्न सक्छ भन्ने लागेर होला अस्पतालमा बिकास समितिको अध्यक्षमा नियुक्ती गरेको छ।

यो अस्पताल एक ब्यक्तीले सुधारको लागी भन्दा पनि प्रदेश सरकारले गौरवको आयोजना बनाएर काम अघि बढाएको छ त्यसको लागी अस्पतालवाट हामीले काम गर्ने बातावरण बनाउने हो । म मात्र नभएर अस्पतालका मेसु लगायका सबै लागेर हामीले यो कामलाई अघि बढाएका छौंं । प्रदेश सरकारले १२ सय बेडको १० तले अस्पताल बनाउने वाहिर रहेको जग्गामा व्यावसायीक भवन बनाउने कामको लागी पुर्वधार तयार गर्ने काममा छौ ।

त्यसका अलवा अस्पतालमा पलान्ट थप गर्न पर्ने छ।अस्पतालका कपडा धुने समस्या निकै ठुलो छ । अस्पताल जस्तो संवेदनशिल क्षेत्रका कपडा तिनाउन खोलमा धुदा सफाहोला की नाई यो निकै समस्या भएको छ यस्लाई तत्काल यहि धुने ब्यबस्था मिलाउने काम गर्नु छ । अरुत अस्पतालमा भैरहेको सेवालाई चुस्त दुरुस्त बनाउनेकाम हो हामी लागी रहेका छौ ।

अस्पतालको अध्यक्षको जिम्मेवारी सम्हालिसके पछि कस्तो पाउनुभयो अन्य क्षेत्र र यो क्षेत्रमा कत्तिको फरक रहेछ?

मैले फरक पाईन बिगत लामो समय सम्म स्वास्थ्य क्षेत्रसंग्ग समन्धित रहेको छु । बरु अस्पतालमा आउदा केहि थाह नभएको अध्यक्ष जस्तो नभएकोले चिकित्सक नर्स तथा स्वास्थ्यकर्मिहरु लाई सहज भएको अनुभब गरे ।

मेडिकल भाषा बुझने भएकोले अरु अध्यक्ष लाई जस्तो मेडिकल भाषा बुझन समस्या भएन । फरक केहि छैन । सबैका आफना आफना निति नियिम हुन्छन त्यहि अनुसार काम भैरहेको छ । जिम्मेबारी पाएपछि अस्पताल सुधारको लागी थप जिम्मेबारी बढेको छ । आवश्यक श्रोत साधान प्रयोग गरेर लुम्बिनी प्रादेशिक अस्पताललाई ५ नं प्रदेशमा भएको अस्पतालबाट अरु प्रदेशकाले सिक्ने खालको बनाउने प्रयन्तमा लागेका छु ।

यी विभिन्न योजनामध्ये तत्काल गर्नुपर्ने र तपाईंको प्राथमिकता मा परेका विषयहरु कुन.कुन हुन ?

तत्काल आबश्यक के छन तिलाई प्राथामिकतमा राखेर कामको सुरुवता गरेका छौ । पहिलो आबश्यकता भनेकोे अस्पतालमा चौबिसै घन्टा सेवा दिने स्वास्थ्यकर्मि बस्ने आवास क्षेत्र आबश्यक रहेको छ । ५० जना नर्स र ५० जना चिकित्सक बस्ने ठाउन तत्काल आवश्यक रहेकोले यो लाई प्राथामिकतामा राखेर काम अघि बढाएका छौ ।
प्रदेश ५ सरकार सामाजीक बिकास मन्त्रालयको गत बर्षको बजेबाट कर्मचारी आवास बनाउने कामर्य भएकोले त्यसलाई यो छिटो छरितो बनाउन अध्यक्ष मेसु हामी लागेका छौ । अर्काे भने दुई ठुला भबन बनाउने भएकोले सबैको ध्यान त्यहि छ पुर्वाधारमा लागेका छौ ।

अन्य क्षेत्रका कर्मचारीको तुलनामा यहाँका कर्मचारीसँग काम गर्न कत्तिको सहज हुने रहेछ?

अरुक्षेत्रमा भन्दा झन सहज भएकोमाने किनभने आफनो काम केहो पहिले नै तय भएको हुदो रहेछ ।अस्पताल आएपछि बस्ने गफगाफहोईन ठाउँ रहेनछ डियुटीमा जाने ब्यबस्था हुदोरहेछ काम गर नगर भन्ने अबस्था केहि छैन ।

धेरै सहज पाए खुसिलाग्यो । तर प्राबिधिक क्षेत्रमा भन्दा अप्राबिधीक क्षेत्रमा केहि काम गर्न नखोज्ने आउने हाजीर गर्ने काम नगरि खाने मानसिकता भएका केहि रहेछन । त्यो मानसिकता भएकालाई काममा लगाउने प्रयन्त गरेको छु । अहिले सम्म उनीहरुको काम हेरेको छु सुधारकोे मौका दिएको छु अबपनि पहिलेको जस्तो आवस्था भए सामाजीक मन्त्रालयको समन्यमा के हुन्छ त्यहि गर्ने गरि काम अघि बढाउछु ।

अस्पतालमा आवश्यकता अनुसार स्टाफ नर्स देखि अन्य कर्मचारी छैनन नयाँ उपकरण पनि छैन भन्ने छ, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ?

त्यो त अस्पतालको कमजोरी हो । आबश्यक दरबन्दी अनुसारका कर्मचारी पठाईदिन माग सरकार संग अनुरोध गर्दछौ । काम नै रोकीने अबस्था भएपछि सरकारले पनि केहि कर्मचारी पठाईदेला नभएपनि केहि ब्यबस्था गर भनेर निर्देशन देला त्यहि अनुसार हामी अघि बढछौ ।

उपकरण पनि आबश्यक अनुसार सरकारसंग माग गर्दछौ हामीलाई उपकरण कम छन बिरामीको चाँँप छ प्रदेश सरकारको ध्यान लुम्बिनी प्रादेशिक अस्पतालमा पुगेको छ ।

पक्कैपनि हामी उपकरण अभाबमा समस्या नहोला सामाजीक बिकास मन्त्री मुख्यमन्त्रीलाई अस्पतालको अबस्थाबारे जानकार हुनुन्छ । हामीपनि बेलाबेलामा अस्पतालको वारे जानकारी गराउछौ । आबश्यक सहयोग सल्लाहको लागी अनुरोध गर्दछौ ।

अस्पतालमा प्यारामेडिक्स बढुवा भएर छैठौ भएपछि कुनै बिभागको ईन्र्चाज पाउने अनि नर्सिङले नपाउने यो नियमलाई परिर्बतन हुन्छ कि पुरानै अबस्थामा रहन्छ । ५० बर्षभन्दा माथिका नर्सिङ अधिकृत खोपको बक्स बोकेर हिड्छन् ?

स्वास्थ्यको निति नियम धेरै परिर्बतन गर्नु पर्ने देखिन्छ समयको माग संगै यो पनि परिर्बतन होला राज्यले उहाहरुलाई जिम्मेबारी नदिएपनि सम्मान दिनुपर्ने हो त्यो भएको देखिदैन। हामीले लुम्बिनी प्रादेशिक अस्पतालमा उहाहरुको ज्ञान शिपलाई सम्मान गर्दे बरिष्ठ लाई एक कुर्सी टेबल राख्ने ब्यबस्था मिलाउने हो यो काम छिटै हुन्छ लकडाउनको समस्याले रोकिएको छ ।

अब पुन सुरु गरेर रोकिएका काम अघि बढाउछु । सरकारको निति नियम भित्र रहेर काम गर्ने हो हामी निति नियम परिर्बतन गर्ने होईन सरकारको अधिनभित्र रहेर काम गर्ने हो ।

अस्पतालमा सुधार गर्नुपर्ने या सेवा थप्नुपर्ने केके छन ।अस्पतालमा दैनिक कति बिरामी उपचारका लागि आउँछन ?

अस्पतालमा सुधार गर्नुपर्ने र थप्नु पर्ने ठाउ धेरै रहेका छन । अहिले यस क्षेत्रको सरकारी अस्पतालमा एक मात्र यो डायासिस सेवा रहेको छ यो निकै काम छ हामीले यसलाई २० वटा वेडको बनाउने तयारीमा लागेका छौ त्यस्तै आईसियु क्याबिन कमछन थपगर्नु पर्ने भएको छ ।

अस्पतालमा एनआइृसियु सिसियु लगायका केहि नया सेवा पनि थप गर्ने तयारीमा रहेका छौ । दैनीक ७ सय देखी १ हजार सम्म आउछन हामीले थप सेवा दिदै गयो भने १५ सय पुग्ने अबस्था रहेको छ ।

हामीले अरु नयाँ काम पनि सुरु गर्ने तयारीमा रहेका छौ अस्पतामा जेष्ठ बृद्ध अपाग जस्ता बिरामी भएर आए बस्ने क्याबिन को अभाब छ उनीहरुको लागी छुटै बनाउने तयारी गरेका छौ । अस्पतालको गेटबाट भित्र सम्म अपागं सडक बनाउदै छौ। नभएका सेवा थप गर्ने भएका लागी बिशिस्ठकृत गर्ने र सहज सर्बसुलभ तरिकाले सेवा दिने बाताबरण मिलाउदै छौ ।

यी सब योजना बनाइरहँदा चुनौतीहरु केके देख्नुहुन्छ?तपाईंहरुले व्यवस्थापन जिम्मा लिएपछि अस्पतालको सेवा प्रवाहमा के परिवर्तन आएको छ?

चुनौति नभएका ठाउमा अबसर कहाँ हुन्छन । पक्कैपनि अबसर चुनौति दुबै रहेका छन । मैले चुनौतिलाई अबसरको रुपमा लिएर काम अघि बढाउने तयारीमा छु । अस्पतालमा अप्रेशन हुन्छ त्यो अप्रेशनलाई पुन अप्रेशन गरेर अस्पतालाई अहिले सम्म रहेका सानातिना मसिना चोटपटकलाई निको बनाउने तरिकाले अघि बढने तयारीमा छु सबैको सहयोगको आबश्यकता रहेको छ ।

अध्यक्ष नियुक्ती भएपनि केहि सुधारका काम सुरु गर्नु भयो ?

पक्कैपनि भएका छन। म अध्यक्ष नियुक्ती भएर आएपछि अस्पतालमा कोरोना महामारी भएको अबस्थामा कोरोना अस्थायी अस्पताल आईसियु सहितको बनाईयो । ओपिडि कक्षलाई खुल्ला बनाईएको छ । ईर्मेजेन्सीलाई सानो थियो ठुलो बनाईयो सुबिधा सम्पन्न भएको छ ।

पोष्टवाड फिबर किल्नीक सर्जिकल वडा लगायका केहि काम भएका छन । म बिश्वस्त रहेको छु हामीले गर्ने सकारात्क काममा सहयोग र नराम्रो काममा बिरोध को अपेक्षा गरेको छु । सबैको सहयोगबाट अस्पतालको रुप परिर्वतन गर्न सकिन्छ भन्ने आशा भरोसा लिएको छु ।

सम्बन्धित शिर्षक :