लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना पिसीआर परिक्षण हुने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना परिक्षण ल्याब सुरु भएको छ । एक कार्यक्रमका बिच प्रदेश ५का सामाजीक बिकास मन्त्री शुर्दशन बरालले उदघाटन गरे ।

लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितका अध्यक्ष सुर्य बहादुर भट्राईको अध्यक्षमा भएको उदघाटन समारोहमा अस्पताल मेसु डा राजेन्द्र खनाल नेकपाका नेता निर्मल जीसी नेपाली काग्रेसका नेता बिमल भट्राई अस्पतालका डा बिस्नु गौतम लगायले बोलेका थिए ।

प्रदेशमा कोरोना परिक्षणमा ढिलाई भएको बेला अस्पतालमा यो ल्याब सुरु भएपछि केहि सहज हुने भएको छ । अस्पतालका मेसु डा राजेन्द्र खनालले अब दैनीक २ सय सम्म कोरोनाको पिसीआर परिक्षण हुने बताए ।

एक करोड ३० लाख बराबरको उक्त पिसिआर मेसिन खरिदको लागि प्रदेश ५ सरकारले ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ भने बाँकी रकम अस्पताल विकास समितिले लगानी गरेको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीहरुको परिक्षणका लागि पिसिआर मेसिन नहुँदा चिकित्सक र अस्पतालमा कार्यरत कर्मचारीहरु जोखिममा रहेका थिए ।

सम्बन्धित शिर्षक :