क्वारेन्टीनमा माक्स,ब्रस तुटपेस्ट,सेनिटाइजर वितरण

स्वास्थ्यसमाचार/ ट्राभल डेन्टिस्ट्री नेपाल र सिद्धबाबा डेन्टल फर्साटिकरले रुपन्देहीको शुद्धोधन ३ मा रहेको यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनमा रहेकाहरुलाई सर्जकल माक्स, ब्रस तुटपेष्ट र सेनिटाइजर वितरण वितरण गरेको छ।

ट्राभल डेन्टिस्ट्री नेपाल र सिद्धबाबा डेन्टलले क्वारेन्टिनमा रहेकाहरुलाई ठण्थान माक्स,द्दण्ण् ब्रस, टुटपेष्ट र एउटा सेनिटाइजर वितरण गरेको हो।
डा सन्तोष ढकाल र प्रविन न्यौपानेले वितरण कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो भने डाक्टर आशिष घिमिरेले कोरोनाबाट बच्ने उपाय र माक्स प्रयोग गर्ने तरिकाको विषयमा जानकारी दिनुभएको थियो।

सिद्धबाबा डेन्टलका सञ्चालक हुमराज ढकालको अध्यक्षता,वडा न ३ का अध्यक्ष हेम बहादुर खड्काको प्रमुख आतिथ्यता,नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि भरथरी यादवको विशिष्ट आतिथ्यतामा रहेक थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी खड्का र विशिष्ट अतिथि यादवले क्वारेन्टिनमा रहेका ब्याक्तिहरुलाइ ब्याक्तिगत सरसफाइ र शुरक्षाका लागि माक्स,सेनिटाइजर,ब्रस टुटपेस्ट सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।

नेपाली काङ्ग्रेस शुद्धोधनका सचीव धनराज कडेल,गरिमा विकास बैंक फर्साटिकर शाखाका प्रवन्धक यज्ञ आचार्य,क्वारेन्टिन ब्यवस्थापक मिलन निउरेको उपस्थिति रहेको थियो भने पुजा अर्यालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।

सम्बन्धित शिर्षक :