वरिष्ठ नर्स मीना कार्कीको ‘शिरमा फूल’ सार्वजनिक

काठमान्डौ/अहिले विश्व कोरोना को महामारीसँग जुधिरहेको समयमा सामाजिक दूरी कायम गर्नु नै उत्तम उपाय हो। त्यस्तै लामो समयसम्म भएको लकडाउनले मानिसहरूमा अहिले मनोसामाजिक असरहरू देखिन थालेका छन्।

पछिल्लो समय मानिस धेरै निराशा र वियोगमा बाँचिरहेको बेला एउटा संयोगान्त भावको गीत ‘शिरमा फूल’ लिएर गायिका मिना कार्की आएकी छन्। यसले मनोरञ्जन प्रदान गर्नुका साथै मनोसामाजिक तनाबलाई कम गर्न सहयोग गर्ने गायिका कार्कीको विश्वास छ।

बरिस्ट संगीतकार सन्तोष श्रेष्ठको संगित तथा प्रकाश केसिको शब्दमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा मोडल समिक्षा पोखरेल र कैलाश कठायतको अभिनय रहेको छ।

एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन र निर्माण गरेको उक्त भिडियोको निर्देशन तथा कोरियोग्राफी सन्तोष राजबहाकले गरेका हुन् भने छायाङ्कन उत्सव दाहाल र सम्पादन टेकेन्द्र शाहको रहेको छ।

गायिका मिना कार्की पेशागत हिसाबले एक अनुसन्धानकर्ता, सक्रिय स्वास्थ्य कर्मी र सिनियर नर्स पनि हुन्।हेल्थपोस्टवाट ।

सम्बन्धित शिर्षक :