रुपन्देहीका पहिलो कोरोना संक्रमित निको भई डिस्चार्ज

स्वास्थ्यसमाचार /रुपन्देहीमा पहिलो कोरोना संक्रमित युवालाई डिस्चार्जको भएका छन दुईपटक शुक्रवार र सोमबारको रिर्पोट नेगेटिभ आएपछि उनलाई आज डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए ।

उनलाई कोरोना देखिएपछि वैशाख १९ गते अस्पतालमा भर्ना गरिएको थियो । उनी गएको वैशाख ५ गते भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले उनलाई २ पटक सम्म टेष्ट गर्दा नेगेटिभ आएकोले डिस्र्चाज गरिएको बताए ।

ती युवा रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्ष युवा हुन । उनलाई कोरोनाको कुनै लक्षण देखिएको थिएन ।

सम्बन्धित शिर्षक :