कपिलवस्तुमा एक जना स्वास्थ्यकर्मीमा देखियो कोरोना

स्वास्थ्यसमाचार /कपिलवस्तुमा कोरोना संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कपिलबस्तु नगरपालिका वडा नं १ को २५ बर्षीय यूवती संक्रमित भनिएको छ ।

ति यूवती स्वास्थ्यकर्मी भएको र उनि कपिलवस्तुअस्पताल तौलिहवाकी स्टार्फ नर्स भएको बताइएको छ ।आज कपिलवस्तुमा कोभिड १९ थप ८ जना पोजेटिभ पुष्टि भएको छ स्वास्थ्य मन्त्रालयका अनुसार उनिहरुको स्वास्थ अवस्था सामान्य रहेको र थप उपचारका लागि बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल पठाउने भएको छ । ।

सम्बन्धित शिर्षक :