रामेछापका स्वास्थ्यकर्मीलाई वान हार्ट वल्र्ड द्धारा सुरक्षा सामाग्री

स्वास्थ्यकर्मीका १० लाख को स्वास्थ्य तथा सुरक्षा सामाग्री प्रदान

स्वास्थ्यसमाचार /कोरोना संक्रमण विरुद्ध अग्रभागमा खटिने रामेछापका स्वास्थ्यकर्मीका लागिवान हार्ट वल्र्ड वाईड नामक अन्तराष्टि गैर सरकारी संस्था द्धारा १० लाख बराबरको स्वास्थ्य तथा सुरक्षा सामाग्री प्रदान गरेको छ ।

विश्व स्वास्थ्य संगठन बाट प्रयोग गर्न उचित ठहरिएकाव्यक्तिगत सुरक्षा सामाग्रीतथा स्वास्थ्य संस्थामाप्रयोगहुने उपकरण चार वटा छुट्टाछुटै प्याकेज निर्धारण गरि प्रदान गरेको हो । थर्मल गन, N95 Mask लगायतका अन्यआवश्यक सामाग्री रहेको छ ।

रामेछाप जिल्लाको ८ वटा स्थानियतह अन्तर्गतका हरेक वर्थिङ्ग -न नवर्थिङ्ग सेन्टर एवम १–१ वटा क्वारेन्टाइन केन्द्र साथ साथै जिल्ला अस्पतालमा गरि ४ वटा प्याकेजमा सामाग्री सहयोग गरेको रामेछाप जिल्ला संयोजक निशागिरी ले वताईन ।

जिल्ला संग समन्वयगर्दै सुरक्षा सामाग्रीहरु वितरण गरेको स्वास्थ्यकार्यालय, रामेछाप का निमित्त स्वास्थ्यप्रमुख जितेन्द्र कुमार कर्ण ले जानकारी गराए । वान हार्ट वल्र्ड वाईड ले रामेछाप जिल्लामा विगतदुई वर्ष देखि मातृ तथाशिशु स्वास्थ्यश्रेत्रमा कार्य गर्दै आइरहेको संयोजक निशागिरी ले वताईन ।

सम्बन्धित शिर्षक :