प्रदेश५ मा कोरोना संक्रमितको संख्या ५३ नेपालमा १सय ३४ पुग्यो

कपिलबस्तु २१ वाके २४ रुपन्देही ७ वर्दिया १

स्वास्थ्यसमाचार/ सोमबार एकैदिन २४ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ । यो संख्या एकैदिन कोरोना देखिएको अहिलेसम्मकै उच्च हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १सय ३४ पुगेको छ । रुपन्देहीमा ६,कपिलवस्तुमा ६ र बर्दियामा १ जना गरि थप १३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कपिलवस्तुमा आज विहान १० जनामा कोरोना संक्रमण देखिएको थियो । कपिलवस्तुमा मात्रै संक्रमितको संख्या २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालये जनाएको छ ।प्रदेश ५का ३ जिल्ला कपिलबस्तु २१ वाके २४ रुपन्देही ७ गरि कोरोना संक्रमितको संख्या ५२ पुग्यो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :