औषधि र किट बोकेर सामाजिक विकास मन्त्रीको टोली नेपालगञ्जमा

सरकारको ध्यान पुरै कोरोना बिरुद्धमा छ मन्त्री बराल

स्वास्थ्यसमाचार/ प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल सहितको टोली संक्रमित क्षेत्रको अवस्था बुझ्न नेपालगञ्ज पुगेको छ।एकैपटक १५ जनामा कोरोना भाइसर संक्रमण पुष्टी भएपछि बांकेको नेपालगञ्जमा प्रदेश सरकारले चासो बढाएको छ । सो जिल्लाका सबै क्षेत्रमा प्रशासनले कडाइ गरेको छ भने मन्त्रीको टोली प्रभाबित क्षेत्रमा पुगेको छ ।

त्यहा परीक्षण दर बढाउन सरकारले थप पहल गरेको हो ।“अहिले अभाब भैरहेको आवश्यकपर्ने किट र चिकित्सकका सुरक्षाका सामग्रीको कुनैपनि अभाव हुन दिन्नौ ,सरकारको ध्यान पुरै कोरोना बिरुद्धमा छ ” । प्रभाबित क्षेत्रमा पुगेका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले भने ।

“सबै घरमा बसौं,नात्तिऔं परिस्थित प्रतिकुल छ सबैले बुझौं” उनले भने । पहिलो दिनमा संक्रमित भेटिएसंगै स्थानीय क्षेत्र शिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय बँकेले नेपालगञ्जमा कोरोनाका बिरामी बढेसंगै सबै क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

जिल्लाका सीमा नाकाहरु अत्यन्तै कढाइ र आवतजावतमा विशेष निगरानी बढाएको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । १५ जना थपिएसंगै उनीहरू सबैको सम्पर्कमा आएका थिए सबैको खोजी भइरहेको उनको भनाइ छ । पीसीआरबाट जाँच गर्दा बिरामीहरू धमाधम भेटिएको भन्दै परिक्षणको दर अझै बढाउनुपर्ने सर्बसाधारणको भनाइ छ ।

प्रहरी, जिल्ला प्रशासन र प्रदेश सरकारसँग समन्वय गरी नेपालगञ्ज उपमहानगरपालिका अगाडि बढेको मेयर धवलसमशेर राणाले बताए ।नेपालगञ्जमा भेटिएका सबै संक्रमित सबै एउटै टोलका वासिन्दा हुन् ।

संक्रमित सबैलाई बँकेको खजुरामा रहेको सुशील कोइराना क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ । अस्पताललाई प्रदेश सरकारले कोरोना विशेष अस्पतालको रुपमा विकास गरेको छ । आइतवार संकलन गरिएका स्वाबमध्ये अझै ३० जनाको रिपोर्ट आउन बाकी छ ।

उता प्रदेश ५का मुख्यमन्त्री शकर पोखरेलले पनि किट लगायका उपकरण अभाब नहुने बताएका छन ।

सम्बन्धित शिर्षक :